ह्वावेले नयाँ फोल्डेबल फोन ल्याउँदै

  • Technology Khabar | १ असार २०८०, शुक्रबार
ह्वावेले नयाँ फोल्डेबल फोन ल्याउँदै

काठमाडौं ।

ह्वावेले नयाँ फोल्डेबल फोन ल्याउने योजना बनाएको बताइएको छ । यो आगामी डिभाइस युजल मेट वा पकेट ब्रान्डिङ भन्दा फरक हुनेछ। ह्वावेले आफ्नो तेर्सो र ठाडो रूपमा फोल्ड गर्न मिल्ने फोनहरूको लागि प्रयोग गरेको तथा यसको सट्टा, यो नोभा सिरिज अफरिङको रूपमा आउने पनि अपेक्षा गरिएको बताइएको छ।

ह्वावे नोभा सिरिजको फोल्डेबल फोनको मूल्य ४,००० युआन तथा ५,००० युआन बीच हुने अनुमान गरिएको छ। यसलाई फोल्ड गर्न मिल्ने फोनहरू वाइडर कन्ज्युमर वेसमा उपलब्ध गराउने उद्देश्यका साथ विकास गरिएको जानकारी दिइएको छ।

ह्वावे नोभा फोल्डेबल फोन ह्वावे पकेट एस वा पी ५० पकेट जस्तै ठाडो रूपमा फोल्ड गर्न मिल्ने फोनको रूपमा आउने अपेक्षा गरिएको छ। यो स्न्यापड्रयागन ७७८ जी चिपसेटद्वारा संचालित ४जी डिभाइसको रूपमा आउन सक्ने बताइएको छ।

उद्योगमा अग्रगामीहरू मध्ये एक ह्वावेले २०१८ मा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन प्रस्तुत गरेको र त्यसपछि यस श्रेणीमा धेरै मोडेलहरू जारी गरेको छ। उत्पादन लागत र जटिल निर्माण प्रक्रियाका कारण फोल्ड गर्न मिल्ने फोनको मूल्य अपेक्षाकृत उच्च रहेको पनि बताइएको छ।

त्यस्तै, समाचारमा ह्वावेले चिनियाँ बजारको लागि ह्वावे मेट ६० श्रृंखलामा काम गरिरहेको बताइएको छ। मेट ६० श्रृंखलाले अमेरिकी प्रतिबन्धहरू पछि ह्वावेको पहिलो ५जी फ्ल्यागशिप फोनको रुपमा चिन्ह लगाउन सक्ने अनुमानहरू पनि गरिएका छन्। यदि सबै कुरा सुचारु रूपमा चल्यो भने, ह्वावेले अर्को वर्षदेखि सुरु हुने वर्षको पहिलो तथा दोस्रो भागमा पी- श्रृंखला र मेट – श्रृंखलाका फ्ल्यागशिप फोनहरू लन्च गर्ने आफ्नो परम्परालाई पुन: सुरु गर्न सक्ने पनि बताइएको छ।

प्रकाशित: १ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार