वानएक्सबेटको प्रबर्द्धन गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टर पक्राउ

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
वानएक्सबेटको प्रबर्द्धन गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टर पक्राउ

काठमाडौं ।

चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेका छन्। अनलाइन जुवा (बेटिङ)को प्रवर्द्धन गरेको आरोपमा बल्छी ध्रुबे र पक्राउ परेका हुन्।

प्रतिबन्धित अनलाइन बेटिङ एप वानएक्सबेटमा जुवा गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलकार बल्छी ध्रुबे र राजु मस्टरसहित ८ जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

यसअघि बल्छी ध्रुबेको यूट्युब च्यानलमा अपलोड गरिएको हास्य टेलिश्रृखंला ‘हल्का रमाइलो’को ६१ औं भागमा २० सेकेन्ड लामो वानएक्सको विज्ञापन देखाइएको थियो।

प्रतिबन्धित अनलाइन बेटिङको विज्ञापन उनको यूट्युब च्यानलबाट प्रकाशित भएसँगै उनी प्रहरीको निगरानीमा थिए। अहिले प्रहरीले उनी बेटिङ कार्य तथा प्रवर्द्धनमा संलग्न भएको केही मजबुत प्रमाण फेला पारेसँगै पक्राउ गरिएको हो।

नेपाली नागरिकलाई जुवाको लतबाट बचाउन प्रहरीले ‘अपरेसन वाटएक्स टूसेभ यूथ एण्ड सिटिजन-२’ सञ्चालन गरिरहेको छ।

सो अपरेसन अन्तर्गत मंगलबार मात्रै वान एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको थियो।

उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको थियो।

प्रहरीले वानएक्सबेटको प्रबर्द्धन गराएको विषयमा अन्य कलाकारहरुलाई समेत अनुसन्धानको सूचीमा राखेको बताउँदै आएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार