
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रमुख डा. महावीर पुनले आफू राजनीतिमा आउनसक्ने संकेत दिएका छन्। उनले आविश्कार केन्द्रको लागि आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन्।
उनले आफूले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने,वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना यसअघिको आधारमा एक प्रतिशत रहेको भएपनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको बताएका हुन्।
सामाजिक संजाल ट्विटरमा लेख्दै उनले विशेषगरी गण्डकी प्रदेशले केन्द्रका लागि दिने भनेको रकम नदिएको भन्दै त्यसको लागि भएपनि सांसद बन्ने संभावना भएको उल्लेख गरे।
“मैले आम नागरीकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावना छैन किन भने म त्यसो गर्न चाहन्न । तर — अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ। मन्त्री र सचिवको पेलाई आम नागरिकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला,” उनले लेखेका छन्।
मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।
१. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई…
— Mahabir Pun (@MahabirPun) June 15, 2023
यसअघि उक्त प्रदेशले उनलाई सम्मान समेत गरेको थियो भने गण्डकीमा नै केन्द्र स्थापना गर्ने भन्दै सरकारी तबरबाटै बजेट सहयोग गर्ने बताएको थियो।
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार