काठमाडौं ।
ह्वावेले पहिले १४ एनएम र माथिका नोडहरूका लागि सेल्फ-डेभलप्ड ईडीए टूलको उपलब्धिको घोषणा गरेको थियो। ह्वावे र यसको चिप डिजाइनिङ शाखा हाईसिलिकनले १२ एनएम र १४ एनएम प्रविधि चिपसेट उत्पादन रणनीतिको बारेमा छलफल गरिरहेको रिपोर्ट आएको ह्वावेसेन्टरले उल्लेख गरेको छ।
ह्वावे हाईसिलिकनले भर्खरै भी८११ चिपसेट लन्च गरेको छ र यो कम्पनीले नयाँ एसओसी बनाउन सुरु गरिसकेको प्रमाण पनि हो।
टेक निर्माता अहिले विभिन्न शीर्षकमा आन्तरिक रुपमा छलफल रहेको छ। यद्यपि, नयाँ इन–हाउस चिप्सको ठूलो उत्पादनको लागि पर्फमेन्स इफिसेन्सिका सन्दर्भमा केही क्लियरेन्स आवश्यक छ।
तर यस विषयमा कम्पनीको तर्फबाट कुनै आधिकारिक जानकारी भने उपलब्ध गराइएको छैन। यो रिपोर्टको स्रोत पनि प्रमाणित गर्न नसकिने ह्वावेसेन्टरले लेखेको छ।
यस्तोमा ह्वावे हाईसिलिकनले १२ एनएम र १४ एनएम चिपसेट कहिले मास उत्पादन सुरु गर्छ भन्ने प्रतिक्षाको विषय रहेको छ।
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार