प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयसँग समाजिक सञ्जालको प्रयोग बारेमा माग्यो जानकारी

  • Technology Khabar | ३१ जेष्ठ २०८०, बुधबार
प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयसँग समाजिक सञ्जालको प्रयोग बारेमा माग्यो जानकारी
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कार्यालयसँग समाजिक सञ्जालको प्रयोगको अवस्था बारेमा जानकारी माग गरेको छ। विद्युतीय सुशासन कायम गर्ने सिलसिलामा सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकाका गुनासा सम्बेधन गर्ने राज्यको नीति रहेको छ।

सोही नीति अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णय अनुसार सरकारी कार्यालयहरुले सञ्चालन गरेका सामाजिक सञ्जालहरुको नियमित सञ्चालन सुनिश्चित गरी तिनको अवस्थाबारे जानकारी दिन अनुरोध गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समाजिक सञ्जालको प्रयोगका बारेमा यस्तो विवरण माग गरेको छ।

१. कुन–कुन सामाजिक सञ्जालमा खाता खोलेर प्रयोग भैरहेको छ ? ट्वीटर र फेसबुकमा खोलिएको खाताको लिंक के रहेको छ ? उक्त लिंक आधिकारिक वेबसाइटमा राखिएको छ छैन ?

२. कार्यालयका सूचनाहरु कति–कति समयमा सामाजिक संजालमा अद्यावधिक भैरहेका छन्, तिनको अवस्था के कस्तो रहेको छ ? यदि अपडेट भएका छैनन् भने के कारण अपडेट हुन नसकेको हो ? जिम्मेवार व्यक्ति कसलाई तोकिएको छ र किन अद्यावधिक भएको छैन, खुलाउने ।

३. सामाजिक संजालका माध्यमबाट कार्यालयको काम कारवाहीबारे नागरिकका गुनासाहरु ग्रहण गरिएको छ छैन? गरिएको भए अवस्था र नगरिएको भए किन सम्बोधन भएनन् त्यसको सही जवाफ पठाउनु हुन।

४. नागरिकलाई त्यस कार्यालयसँग सम्बन्धित विषयहरुबारे सरल पहुँच पुर्याउन आवश्यक हुने खालका सामग्री नियमित रूपमा सामाजिक संजालमा राखिएको छ कि छैन ? नसकिएको हो भने के कति कारणले हो, खुलाउने।

माथि उल्लिखित विषयमा सुधार गरी सरकारी कार्यालयको विद्युतीय कार्य सञ्चालनको चुस्तताबारे ७ (सात) दिनभित्र [email protected] मा वा हेलो सरकारको ट्वीटर पृष्ठ @hello sarkar मा मेन्सन गरी जानकारी दिनुहुन अनुरोध गरिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार