सामसङ ग्यालेक्सी फ्लिप ५ को बाहिरी स्क्रिनमा कस्टमाइज गरिएका गुगल एप चल्ने

  • Technology Khabar | ३१ जेष्ठ २०८०, बुधबार
सामसङ ग्यालेक्सी फ्लिप ५ को बाहिरी स्क्रिनमा कस्टमाइज गरिएका गुगल एप चल्ने

काठमाडौं ।

सामसङ आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक गर्ने अन्तिम चरणमा छ।

रिपोर्टका अनुसार सामसुङले जुलाई २६ मा कोरियामा हुने विशेष कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

तर सामसङको तर्फबाट ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक हुने स्थान र समयसीमा भने पुष्टि भइसकेको छैन। साथै कम्पनी उक्त मितिका लागि प्रतिबद्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङ ग्यालेक्सी फ्लिप५ को बाहिरी स्क्रीन यसको पूर्ववर्ती भन्दा वृहत अप्रगेडका साथ आउने सम्भावना छ।

रिपोर्टका अनुसार ठूलो आकारको स्क्रीनले विशोष् रुपमा अनुकूलित गुगल एपहरु समायोजन गर्नेछन्।

पछिल्लो समय सामसङले गुगलको एप्स, जस्तै म्याप, मेसेज र युट्युबलाई बाहिरी स्क्रिनका लागि अप्टिमाइज गर्नका लागि मिलेर काम गरिरहेको विश्वास गरिएको छ।

यो साझेदारीको फ्लिप५ डिभाइस नखोली टेक्स्ट गर्न, भिडियोहरू हेर्न र ठाउँहरू नेभिगेट गर्न सकिन्छ।

फ्लिप५ को मुख्य प्रतिद्वन्द्वी ओप्पाको फाइन्ड एन२ फ्लिपको तुलनामा फक्सानिलिटीमा धेरै उपयोगी हुने विश्वास गरिएको छ।

यसमा सामसङको ग्यालेक्सी जेड फ्लिप४ भन्दा धेरै ठूलो स्क्रीन छ। तर यसको धेरै प्रयोग भने हुँदैन।

यस्तो देखिन्छ कि सामसले उही जालमा पर्न चाहँदैन, र जसरी विशेष रूपमा अनुकूलित एपहरूको धेरै तयारी गर्दैछ। यसको आफ्नै बन्डल गरिएको किबोर्ड सहित, जुन फोल्ड गरिएको अवस्थामा प्रयोगयोग्य हुनेछ।

 

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...