काठमाडौं ।
अनरले भर्खरै अनर ९० लाइट लन्च गरेको छ। गत महिना मात्रै अनरले अनर ९० र ९० प्रो डिभाइसहरू लन्च गरेको थियो। अनरको ९० श्रृंखला स्मार्टफोनहरूको लाइनअपको तेस्रो सदस्यको रुपमा अनरले अनर ९० लाइट लन्च गरेको हो।
अनर ९० लाइटमा अनर ९० को भन्दा केहि न्यून स्पेक्स रहेको तथा नयाँ स्मार्टफोनले बजेट केन्द्रित उपभोक्ताहरूलाई लक्षित गर्नेछ। मिड- रेन्ज यन्त्रको रूपमा, फोनमा उत्कृष्ट विशेषताहरू रहेका तथा अनरले यसको सही मूल्य निर्धारण गरेमा यो बजारमा रहेका मीड रेन्ज डिभाइसहरुभन्दा राम्रो छनोट हुनसक्ने बताइएको छ।
आधिकारिक घोषणा अनुसार, अनर ९० लाइटको साथ स्मूथ ओभरल अनुभव प्रदान गर्ने बताइएको छ। डिभाइसमा ९० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्चको एलटीपीएस एलसीडी डिस्प्ले रहने छ।
अनर ९० लाइटले मिडियाटेक डाइमेन्सिटी ६०२० चिपसेट प्याक गर्ने तथा यो मिडियाटेकको नवीनतम मिड-रेन्ज चिप मध्ये एक रहेको छ जसले धेरैजसो एपहरूमा राम्रो प्रदर्शन प्रदान गर्न सक्ने बताइएको छ। तुलना गर्दा, यसले एनटूटूमा ४०१ के स्कोर गर्छ, जबकि एसओसी प्रतिस्पर्धीमा स्न्यापड्रयागन ६९५ ले ३७३ के स्कोर गर्ने बताइएको छ।
अनर ९० लाइटको मुख्य आकर्षण क्यामरा रहेको छ। फोनमा ट्रिपल क्यामरा सेटअप रहेको तथा अल्ट्रा- क्लियर चित्रहरू खिच्ने १०० एमपी सेन्सर रहेकोछ। यसको अतिरिक्त पछाडि ५ एमपी अल्ट्रा- वाइड र २ एमपी डेप्थ सेन्सर पनि रहेको छ। अगाडि, ९० लाइटमा १६ एमपी सेल्फी शूटरको साथ आउने जसलाई अनरले डिस्प्लेको सेन्टर होल पंचमा राखेको छ।
अनरले प्रयोग गरेको ६.७ इन्च प्यानल भर्चुअल्ली बाउन्ड्रीलेस रहेको तथा यसको बेजेलहरू स्लिम रहेका र इमर्सिभ अनुभव प्रदान गर्ने उल्लेख छ।
अनर ९० लाइटमा डायनामिक डिमिङ टेक्नोलोजी रहेको छ, जसले प्रयोगकर्ताको आँखा थकित नभएको सुनिश्चित गर्नको लागि डिस्प्लेको चमकलाई गतिशील रूपमा परिवर्तन गर्नेछ। साथै, त्यहाँ एक परिष्कृत नाइट टाइम मोड रहेको जसले तपाईंको निद्राको गुणस्तर सुधार गर्ने लक्ष्य राख्दछ।
९० लाइट ८ जीबी र्याम तथा २५६ जीवी स्टोरेजको साथ आएको हो। यो दैनिक एप्स र खेलहरूको लागि पर्याप्त रहेको छ। २५६ जीवीको अनबोर्ड भण्डारणले ठूला आकारका फाइलहरू र फोटोहरूको लागि प्रशस्त ठाउँ प्रदान गर्नेछ।
अनरले ९० लाइटलाई एन्ड्रोइड १३ का साथ लन्च गरेको छ, जुन म्याजिक ओएस ७.१ ले कभर गर्नेछ। म्याजिक ओएस ७.१ धेरै सुधारहरू सहित आएको र प्रयोगकर्ताको अनुभवलाई पछिल्लो सफ्टवेयर संस्करणभन्दा सहज बनाउने रहेको छ।
४,५०० एमएएच ब्याट्रीले अनर ९० लाइटको भित्री भागलाई शक्ति दिनेछ। यसमा २२.५ वाट फास्ट-चार्जिङ समर्थन रहेको छ जसले प्रयोगकर्तालाई ब्याट्री शून्य प्रतिसत पुग्दा छिट्टै चार्ज हुन दिनेछ।
डिभाइस तीन ओटा रंगहरू मिडनाइट कालो, सियान लेक, र टाइटेनियम सिल्भरमा उपलब्ध हुने बताइएको छ। अनरले ९० लाइटको मूल्य निर्धारण र उपलब्धता घोषणा गर्न बाँकी नै रहेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार