ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं ।

रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र नबिल बैंक बिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने जानकारी दिएको छ।

यस सम्झौता बमोजिम, अब विदेशमा रहनुभएका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नु हुनेछ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए।

ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...