
काठमाडौं ।
छिमेकी देश भारतमा सरकारले मोबाइल भिडियो वा अनलाइन गेमका सम्बन्धमा ठूलो घोषणा गरेको छ। प्रयोगकर्ताहरूलाई हानि पुर्याउने वा हानि पऱ्याउन सक्ने तीन प्रकारका खेलहरूलाई प्रतिबन्ध लगाइनेछ।
भारतीय सरकारले यस्ता गेम हुन नदिने बताएको छ। केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले पहिलो पटक अनलाइन गेमिङका लागि फ्रेमवर्क तयार गरेको बताएका छन् जसमा देशमा ३ प्रकारका खेल हुन नदिने भएको जानकारी दिए।
भारतीय मिडियाका समाचारका अनुसार, केन्द्रीय मन्त्रीले बेटिंग समावेश गर्ने वा प्रयोगकर्ताहरूलाई हानिकारक हुन सक्ने र लतको कारक समावेश गर्ने त्यस्ता खेलहरूलाई देशमा प्रतिबन्ध लगाइने बताए।
यद्यपि केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले ती विशेष खेलहरूको कुनै सूची जारी गरेका छैनन्। बालबालिकामा खेलकुदको लतले वा कसैलाई ठुलो नोक्सान पुर्याउने यस्ता धेरै घटना स्वदेश तथा विदेशमा बाहिर आएका छन्। त्यसैले पनि भारतले अनलाइन गेमिङ्गमा कडाई गर्न लागेको बताईएको छ।
यसअघि भारतले पब्जी गेममा समेत प्रतिबन्ध लगाएको थियो।
प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार