मेटाले रोल आउट गर्यो एआई च्याटबोट ‘मेटामेट’

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
मेटाले रोल आउट गर्यो एआई च्याटबोट ‘मेटामेट’

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रवृत्तिलाई देखेर अधिकांश कम्पनीहरूले यसतर्फ कदम चालिरहेका छन्। अब मार्क जुकरबर्गको कम्पनी मेटाले आफ्ना कर्मचारीहरूका लागि एआई च्याटबोट ‘मेटामेट’ रोलआउट गर्दैछ।

द भर्जले रिपोर्ट गरेझैं, नयाँ एआई च्याटबोटले कर्मचारीहरूलाई बैठकको प्वाइंट सङ्कलन गर्न, कोड लेख्न र डिबग सुविधाहरूमा मद्दत गर्न कम्पनीको डाटा प्रयोग गर्दछ।

मेटाले भर्खरै यो एआई टूललाई सानो समूहमा रोल आउट गरेको छ। मेटाले च्याटबक्सलाई पावर गर्न माइक्रोसफ्ट र ओपनएआईसँग छलफल गरेको थियो। तर, यसपछि कम्पनीले छुट्टै इन-हाउस मोडल बनाउने निर्णय गरेको थियो।

यस वर्ष फेब्रुअरीमा, मेटा सीईओ मार्क जुकरबर्गले घोषणा गर्दै कम्पनीले नयाँ “शीर्ष स्तर” उत्पादन टोली निर्माण गरिरहेको छ जुन जेनेरेटिभ एआईमा “केन्द्रित” हुनेछ। जुकरबर्गले कम्पनीले चाँडै नै थप रचनात्मक र अभिव्यक्त उपकरणहरू निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताए।

भविष्यमा, यसले “एआई व्यक्तित्वहरू(AI personas)” विकास गर्नेछ जसले प्रयोगकर्ताहरूलाई विभिन्न तरिकामा मद्दत गर्नेछ।

यसैबीच गत हप्ताका रिपोर्टहरू अनुसार, मेटा-स्वामित्वको इन्स्टाग्रामले एक सुविधामा काम गरिरहेको थियो जसले प्रयोगकर्ताहरूलाई एप भित्र एआई च्याटबटहरूमा पहुँच दिनेछ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...