एप्पल किफायती भिजन प्रो हेडसेटमा काम गर्दै, २०२५ मा रिलिज हुने

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
एप्पल किफायती भिजन प्रो हेडसेटमा काम गर्दै, २०२५ मा रिलिज हुने

काठमाडौं ।

एप्पल किफायती भिजन प्रो हेडसेटमा काम गर्दै रहेको रिपोर्ट बाहिरिएको छ।

ब्लूमबर्गको मार्क गुरम्यानका अनुसार, एप्पलले भिजन प्रो हेडसेटको थप किफायती भर्सन प्रदान गर्ने योजना बनाएको छ। उनका अनुसार यो २०२५ सम्ममा बजारमा आउनेछ।

कम्पनीले भर्खर सार्वजनिक गरेको भिजन प्रोको मूल्य ३ हजार ४९९ अमेरिकी डलर भएकाले यो आमउपभोक्ताको पहुँच बाहिर छ।

गुरमानको रिपोर्टमा कम्पनीले सुरुमा नकारात्मक प्रचारका कारण भिजन प्रोको मूल्य घोषणा गर्न ढिलाइ गर्ने सोच राखेको थियो। उपभोक्तालाई यस मूल्यमा बानी बस्न ९ महिनाको समय दिन कम्पनीले चाहेको उनले दाबी गरेका छन्।

आगामी हेडसेटको नाम सम्भवत भिजन वा भिजन वान राखिनेछ। यसलाई उपभोक्ताले ठूलो परिणाममा स्वीकार गर्ने कम्पनीको विश्वास छ।

यसमा एप्पलले तल्लो स्तरीय स्क्रीन, कम शक्तिशाली चिप, क्यामरा कटौती वा अडियो सुविधाको लागि एयरपड प्रयोग गर्छ सक्छ।

अर्कोतर्फ, एप्पलले बाह्य आईसाइट स्क्रीन र ह्यान्ड–ट्र्याकिङ सिस्टम लगायत केही मुख्य फिचरहरु राख्ने प्रयास गर्नेछ।

एप्पलले २०२५ मा नयाँ हेडसेट सार्वजनिक गर्ने लक्ष्य राखेको छ। साथै कम्पनीको दोस्रो पुस्ताको भिजन प्रो पाइपलाइनमा छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार