नास्डाकले १०.५ बिलियन डलरमा फाइनान्सियल सफ्टवेयर फर्म एडेन्जा किन्ने

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
नास्डाकले १०.५ बिलियन डलरमा फाइनान्सियल सफ्टवेयर फर्म एडेन्जा किन्ने

काठमाडौं ।

नास्डाकले १०.५ बिलियन अमेरिकी डलरमा फाइनान्सियल सफ्टवेयर फर्म एडेन्जा किन्ने भएको छ। यो एक्सचेञ्ज अपरेटरको सबैभन्दा ठूलो अधिग्रहण हुने वालस्ट्रिट जर्नलले लेखेको छ।

प्रविधि केन्द्रिति कम्पनी बन्ने नास्डाकको योजनामा यसले गति लिने अपेक्षा गरिएको छ।

यस खरिद सम्झौतामा ५.७५ बिलियन नगर र ८५.६ मिलियन नास्डाक सेयर समावेश गरिएको छ। यसले स्टक एक्सचेञज अपरेटरमा वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

थोमा ब्राभोको कम्पनी एडेन्जालाई नास्डाकले आफ्नो करिब १४.५ प्रतिशत सेयर जारी गर्न चाहेको बताएको छ।

एडेन्जाले बैंक र ब्रोकरेजहरुद्वारा प्रयोग गर्ने सफ्टवेयर तयार गर्छ। नास्डाकका अनुसार एडेन्जाले २०२३ मा करिब ५९० मिलियन अमेरिकी डलर राजश्व संकलन गर्नेछ।

‘एडेन्जासँग, हामीसँग आवश्यक सफ्टवेयर र टेक्नोलोजी समाधानहरूको थप पूर्ण सुइट हुनेछ जसले जोखिमहरू व्यवस्थापन गर्न र हाम्रा ग्राहकहरूका लागि नियमहरूको पालनालाई सरल र अधिक प्रभावकारी बनाउँदछ,’ नास्डाकका मार्केट प्लेटफर्मका अध्यक्ष ताल कोहेनले भने।

एक्सचेन्ज अपरेटरले लेनदेनको नगद अंशका लागि पूर्ण रूपमा प्रतिबद्ध ब्रिज फाइनान्सिङ प्राप्त गरेको छ। र, सम्झौताको हस्ताक्षर र बन्द हुने बीचको ६ देखि ९ महिना भित्रमा करिब ५.९ बिलियन अमेरिकी डलर ऋण जारी गर्ने योजना छ।

कम्पनीले बढ्दो रूपमा आफ्नो व्यवसायलाई बजार संवेदनशील विनिमय सञ्चालनहरूबाट टाढा लैजान खोजेको छ। र, संस्थागत लगानीकर्ताहरूको लागि वित्तीय सफ्टवेयर उपलब्ध गराउन खोजेको छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार