एमएसआई अप्टिक्स जी २७४ क्यूपीएक्स ‘टूके’ आइसीएस गेमिङ मनिटर लन्च

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
एमएसआई अप्टिक्स जी २७४ क्यूपीएक्स ‘टूके’ आइसीएस गेमिङ मनिटर लन्च

काठमाडौं ।

एमएसआई ब्राण्डले हालै एमएजी २७५ सीक्यूआरएफ- क्यूडी गेमिङ मनिटरको लन्च गरेपछि, ब्रान्डले एमएसआई अप्टिक्स जी२७४ क्यूपीएक्स ई-गेमका लागि नयाँ मनिटर लन्च गरेको छ।

यो नयाँ मनिटर हाल अमेरिका तथा इयू क्षेत्रहरू सहित अन्य धेरै देशहरूमा खरिदका लागी उपलब्ध रहेको पनि बताइएको छ।

एमएसआई अप्टिक्स जी २७४  क्यूपीएक्स २७ इन्च रहेको तथा रेपीड आईपीएस प्यानलको साथ छ, जसले २५६०*१४४० पिक्सेलको डब्ल्यूक्यूएचडी रिजोल्युसनलाई समेट्ने बताइएको छ। यसले स्पष्ट र विस्तृत दृश्यहरू प्रदान गर्ने तथा २४० हर्जको उच्च रिफ्रेस दर (२७० हर्ज मा ओभरक्लकेबल) तथा छिटो १ एमएस प्रतिक्रिया समय सँगै, मोनिटरले न्यूनतम स्पीड ब्लरसंग सहज र तरल गति सुनिश्चित गर्ने बताइएको छ।

मोनिटरको १०००ः १ कन्ट्रास्ट अनुपात तथा ३०० निट्स ब्राइटनेसले जीवन्त रङ र डिप ब्ल्याकमा कन्ट्रीब्यूट गर्ने,  तथा १०० प्रतिशत एसआरजिवी र ९५ प्रतिसत डिसीआई पी ३ कभर गर्ने फराकिलो कलर गामुटले सही रङ उत्पादनमा परिणाम दिनेछ। १७८ कोण डिग्रीको तेर्सो र ठाडो रूपमा  फराकिलो हेर्न सकिने हुँदा लगातार दृश्यहरूको लागि अनुमति दिने छ।

एमएसआई अप्टिक्स जी २७४ क्यूपीएक्स मनिटरमा डिस्प्ले पोर्ट १.४, एचडिएमआई २.०, र ३.५ एमएम अडियो ज्याक सहित मल्टिपल कनेक्टिभिटी विकल्पहरूले सुसज्जित रहेको छ।

गेमिङ सुविधाहरूको सन्दर्भमा, एमएसआई अप्टिक्स जी २७४ क्यूपीएक्सले एएमडी फ्रिसीङ्क प्रिमीयमलाई समर्थन गर्ने तथा टियर- फ्री र स्मुथ गेमप्ले सुनिश्चित गर्दै एनभिडीया जी सीङ्क कम्प्याटिबल रहेको छ। यसले खेल मोड पनि समावेश गर्दै विभिन्न खेल विधाहरूका लागि सेटिङहरूलाई अनुकूलन गर्ने बताइएको छ।

एमएसआई अप्टिक्स जी २७४ क्यूपीएक्स २७ इन्च २ के गेमिङ मनिटर हाल अमेरिकामा अमेजन वेबसाइटमार्फत अमेरिकी डलर ३८० मा बिक्रीका लागि उपलब्ध भइरहेको बताइएको छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...