कर्णाली नेटवर्क सर्भिसेजको लाइसेन्स खारेज

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली नेटवर्क सर्भिसेज प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। जुम्लाको चन्दन नाथ नगरपालिका वडा नं. ८ बाट इन्टरनेट (इमेल सहित) सेवा उपलब्ध गराईरहेको कर्णाली नेटवर्क सर्भिसेजको लाइसेन्स खारेज भएको हो।

कम्पनीले (अनुमतिपत्र नं. फि.ज. १-१२९) तोकिएको समय भित्र नियमानुसार दस्तुर दाखिला गरी नविकरण नगराएको दूरसञ्चार ऐन, २०५३ को दफ २५(५) बमोजिम स्वात खारेज प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै जानकारी दिएको छ।

साथै कम्पनीले इन्टरनेट सेवा सञ्चालन गरे वापत नियमानुसार तिर्न÷बुझाउन पर्ने दस्तुर एवं वित्तीय विवरणहरु ३० दिन भित्र फर फारक गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। सो समय भित्रमा शुल्क नबुझाए सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणले चेतावनी दिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार