अस्ट्रेलियामा बीवाईडी डल्फिन ईभी लन्च हुँदै

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार
अस्ट्रेलियामा बीवाईडी डल्फिन ईभी लन्च हुँदै

काठमाडौं ।

बीवाईडीले अस्ट्रेलियामा किफायती विद्युतीय गाडी बीवाईडी डल्फिन लन्च गर्ने भएको छ।

“डल्फीन डायनामीक, अष्ट्रेलियाको सबैभन्दा किफायती, उच्च गुणस्तरको विद्युतीय गाडी बिक्रीमा हुनेछ।”  चिनियाँ अटो जायन्टका स्थानीय वितरक इभी डायरेक्टका संस्थापक ल्यूक टोडले लिङेकडीन मार्फत भने।

डल्फिनको वास्तविक मूल्य जुन २२ सम्म जारी नभएपनि न्यूजील्याण्डमा ४४.९ के डब्ल्यूएच बीवाईडी ब्लेड ब्याट्री र ३४० किलोमिटरसम्मको रेञ्ज सहितको स्ट्यान्डर्ड भर्सन ४६ हजार २५० अस्ट्रेलियन डलरमा बराबरमा उपलब्ध हुने सम्भवना छ। यो मूल्य छूट भन्दा अघिको रहेको र यसको मूल्य ४० हजार अस्ट्रेलियन डलर भन्दा तल कम हुने बताइएको छ।

यो भेरियन्ट शून्यबाट १०० किमी/ घन्टा मात्र १२ सेकेन्डको रफ्तारमा चल्ने बताइएको छ। एक्सटेन्डेड भर्सन, अधिक शक्तिशाली मोटर, तथा  ६०.५ के डब्ल्यूएच ब्याट्री, यो न्यूजील्याण्डमा ५१ हजार ८१० अस्ट्रेलियन डलरको वा बीवाइडी एट्टा ३ को बराबर मूल्यमा प्रस्ताव गरिएको छ ।

बीवाइडी एट्टो ३ अष्ट्रेलियाको बजारमा सबैभन्दा धेरै बिक्री हुने कारहरू मध्ये एक रहेको छ। अष्ट्रेलियाको २०२३ मेको सवारी बिक्री डाटा अनुसार टेस्ला मोडल ३ लाई पछि पारेको छ। पछिल्लो महिना बीवाइडी एट्टो ३ न्यूजील्याण्डमा सबैभन्दा धेरै बिक्री हुने इभी बन्न पुगेको हो।

डल्फिन एट्टो ३ भन्दा करिब १६५ एमएम सानो  रहेको तथा लगभग टोयोटा कोरोला ह्याचको आकार जस्तो देखिन्छ। अष्ट्रेलियाको बजारमा सबैभन्दा कम मूल्यको इभीको लागि यसको सबैभन्दा ठूलो प्रतिस्पर्धा भर्खर लन्च गरिएको एमजी ४ रहेको छ। जसको बजार मूल्य करिब ४४ हजार ९९० डलर रहेको बताइएको छ।

बीवाईडी डल्फिनको”इभी डायरेक्ट” द्वारा प्रकाशित भिडियोमा कारका केही मुख्य स्टाइलिङ सुविधाहरू देखाइएको छ। यसमा अद्वितीय टेल लाइट डिजाइन, अगाडिको कार्बन फाइबर जस्तो ग्रिल र भित्री भाग समावेश रहेको पनि बताइएको छ।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...