अनलाइनमार्फत राजश्व सङ्कलनको तालिम

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार
अनलाइनमार्फत राजश्व सङ्कलनको तालिम

काठमाडौं ।

अनलाइनमार्फत राजश्व संकलन गर्न वडा सचिवहरुलाई अभिमुखिकरण तालिम दिइएको छ। सुनकोशी गाउँपालिकाले दश वटै वडाको राजश्व अनलाईन (सुत्र) मार्फत संकलन गर्न वडा सचिवहरुलाई तालिम दिएको हो।

वडा कार्यालयमार्फत संकलन हुँदै आएको राजश्वहरु अब सिधै अनलाइनमार्फत संकलन गरिने व्यवस्था गरिएको लेखा प्रमुख सुबास धमलाले बताए। यसअघि रसिद काटेर राजश्व उठाउने चलन थियो अब अनलाइन (सुत्र) मार्फत सोझै वडाहरुको राजश्व संकलन गरिने धमलाको भनाइ छ।

तालिममा अनलाइन सुत्र चलाउने र राजश्व दाखिला गर्ने विधि वडा सचिवलाई सिकाइएको लेखा प्रमुख धमलाले जानकारी दिए। आर्थिक ऐनमा उल्लेख भएका शिर्षकहरुमा अनिवार्य वडा कार्यालयहरुले राजश्व उठाउन लेखा प्रमुख धमलाले सुझाव दिए।

यसका साथै वडा सचिवलाई योजना छनौट विधि र वडाबाट गरिने सिफारिसलगायतका विषयमा अभिमुखिकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए।

गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै कम रहेकाले वृद्धि गर्न राजश्व संकलन कार्यलाई कडाइकासाथ लागु गर्न आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत कार्कीको भनाइ छ। अहिले वार्षिक करिब २० देखि २५ लाखको हाराहारीमा मात्र आन्तरिक राजश्व संकलन हुने गरेको कार्कीले जानकारी दिए।

आन्तरिक स्रोत पर्याप्त नहुँदा प्रभावकारी काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए। तालिमको उद्घाटनसत्रमा गाउँपालिका अध्यक्ष कमल तामाङले वडा कार्यालयमार्फत राजश्व संकलन र सिफारिस गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। गोरखापत्रबाट

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...