अब बोलेर माइक्रोसफ्टको एआई बिङ प्रयोग गर्न सकिने

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो एआई बिङ च्याटबोटमा एक थप फिचर विस्तार गरेको छ। माइक्रोसफ्टले एआई बिङ च्याटबोटमा भ्वाइस च्याट फिचर लन्च गरेको छ। भ्वाइस च्याट फिचरको मद्दतबाट प्रयोगकर्ता बोलेर च्याट गर्न सक्नेछन्।

यो फिचरलाई डेक्सटप प्रयोगकर्ताका लागि जारी गरिएको छ। प्रयोगकर्ताले बिंग च्याट बक्सको माइक्रोफोन आइकनमा क्लिक गरेर एआई च्याटबोटसँग कुराकानी गर्न सक्छन्। कम्पनीले छिट्टै अन्य भाषामा पनि यसलाई जोड्ने बताएको छ।

माइक्रोसफ्टको नयाँ भ्वाइस च्याट फिचर

माइक्रोसफ्टले एक ब्लग पोष्टमा हाल अंग्रेजी, जापानी, फ्रेन्च, जर्मन र मन्डारिन भाषामा उपलब्ध छ र छिट्टै अन्य अधिक भाषामा उपलब्ध हुने बताएको छ। योसँगै अब बोलेर बिङ च्याटबोटमा प्रश्न सोध्न सकिन्छ।

यसका सार्थ कम्पनी बिङ च्याटले टेक्स्ट टू स्पीच पनि सपोर्ट गर्छ। तपाईको प्रश्नको उत्तर तपाईको आवाजमा दिन्छ। हालका लागि यसले ५ ओटा भाषा सपोर्ट गर्न र भविषयमा यसको क्षमता बढाइनेछ।

च्याट लिमिट बढ्यो

कम्पनीका अनुसार बिङ च्याटको टर्न लिमिट पनि बढाइएको छ। यसलाई बढाएर ३० च्याट प्रति सेशन र ३०० च्याट प्रति दिन पुर्याइएको माइक्रोसफ्टको सर्ट एण्ड एआई सीभीपी जोर्डी रिबासले ट्वीट मार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, खुसीको खबर, हामीले बिङ च्याट टर्न लिमिट फेरी बढाएर ३० प्रति कन्भर्सेशन र ३०० च्याट प्रति दिन गरेका छौं।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार