
काठमाडौं ।
लामो चार्जिङ समयका कारण इन्ड्युरेन्स रेसिङका लागि मोडर्न इलेक्ट्रिक भेहिकल्स (आधुनिक विद्युतीय सवारी साधनहरू) धेरै व्यावहारिक नहुने बताईन्छ। तर टोयोटासँग अब यसको विकल्प हुनसक्ने देखिएको छ।
यसको गाजु रेसिङ युनिट्सले अनावरण गरेको जीआर एच२ रेसिङ कन्सेप्टको डिजाइन ले–मान्स २४ आवर्स (घण्टा) रेसको नयाँ हाइड्रोजन कार कोटीमा प्रतिस्पर्धा गर्ने तरिकाले डिजाइन गरिएको छ। अटोमेकरले स्पेक्सहरूको बारेमा खुलासा नगरेको तर उक्त रेसिङ्ग कार उत्सर्जन–रहित कार भएकोले धेरै समय रेसिङ्गमा र कम समय टपअप गर्न खर्च हुने इनग्याजेटले रिपोर्ट गरेको छ।
टोयोटाले रेस–रेडी जीआर एच २ ट्र्याकमा कहिले आउँछ भन्ने बारेमा केहि पनि जानकारी उपलब्ध गराएको छैन् । यद्यपी उक्त मेसिन “भविष्यको प्रतिस्पर्धा” को लागी बनाइएको ब्रान्डले बताएको छ। त्यसैगरी टोयोटाले उक्त रेसिङ्ग कारलाई ले–मान्स रेसमा ल्याउनु अघि यो अवधारणालाई परिष्कृत गर्ने अनुमान गर्न सकिन्छ।
कम्पनी लो–एण्ड जिरो–ईमिसन मोटरस्पोर्ट्सको लागि अपरिचित भने होईन्। ब्रान्डले सन् २०२१ देखि नै जापानको सुपर ताइक्यु सिरिजमा हाइड्रोजन इन्जिन कोरोलाको रेसिङ्ग गर्दै आएको र यसको जीआर ०१० हाइब्रिड हाइपरकारले गत वर्षको ले–मान्समा समग्र पोडियमको शीर्ष दुई स्थानहरू कब्जा गरेको बताइएको छ। साथै जीआर एच२ जस्तै पर्पोज–बिल्ट (उद्देश्य–निर्मित) हाइड्रोजन कार वास्तवमा कम्पनीको रणनीतिको विस्तार भएको उल्लेख छ।
हाइब्रिड र हाइड्रोजन कारहरूको पक्षमा सेगमेन्टको प्रतिरोध गरेको वर्षौंपछि यस निर्माताले आफ्नो फोकस ईभीहरूमा सार्दै गरेको उल्लेख गरिएको छ। साथै यसै समयमा नयाँ सीईओ कोजी सातोले हाइड्रोजन एक “भाएबल अप्सन” (व्यवहार्य विकल्प) रहेको सुनिश्चित गर्न चाहेका छन्।
त्यसैगरी जीआर एच२ ले टोयोटाले यस दुविधालाई कसरी सम्बोधन गर्छ भन्ने संकेत हुन सक्ने बताइएको छ। यसले रेसिङ्ग र ट्रकिङ जस्ता द्रुत स्टपहरू महत्त्वपूर्ण हुने कोटिहरूमा हाइड्रोजन प्रयोग गरिरहन सक्ने र यात्रु कार बजारमा प्रवेश गर्दा बीजेड४एक्स र लेक्सस आरजेड जस्ता ईभीमा जोड दिने उल्लेख गरिएको छ।
प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार