सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा लन्चको संकेत

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा २०२३ को लागि सामसङको शीर्ष स्तरीय ट्याब्लेट हुन गइरहेको छ। चर्चाहरूका अनुसार, यसले सुविधाहरू तथा  मूल्य निर्धारणको सन्दर्भमा एप्पलको आईप्याड प्रोसँग प्रतिस्पर्धा गर्न सक्नेछ। एउटा नयाँ एफसीसी एसएआर प्रमाणीकरण अनलाइनले डिभाइस रिलिज हुनको लागि लगभग तयार भएको सुझाव दिएको छ।

ग्यालेक्सी ट्याब एस ९ अल्ट्रामा १६.६ इन्चको १२० हर्ज ओएलईडी प्यानल, ११,२०० एमएएच ब्याट्री ४५ वाट फास्ट चार्जिङ सपोर्ट र स्न्यापड्रयागन ८ जेन २ चिपसेट रहेको बताइएको छ। उपकरण आईपी ६८ प्रमाणित हुनेछ।

ट्याब्लेट वास्तविक संसारमा कहिले आउने स्पष्ट नभए पनि संभवत जुलाई वा अगस्टमा बाहिरीने अनुमान छ। यसले जुलाई २६ मा ग्यालेक्सी फोल्ड र फ्लिप अनप्याक्ड कार्यक्रमको समयमा देखा पर्नसक्ने पनि बताइएको छ।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार