
काठमाडौं ।
एन आई सी एशिया क्यापिटलले “आईडीया टू आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ।
सोही सेवा अन्तर्गत सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पे लाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एन आई सी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेश बीच जेठ २५ गते दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।
सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक कम्पनी हो। जसबाट छिटो र सुरक्षित रुपमा अनलाइन मार्फत बिल भुक्तानी गर्न सकिने जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार