लेनोभो थिंकबुक केबी प्रो मेकानिकल किबोर्ड चीनमा उपलब्ध

  • Technology Khabar | २६ जेष्ठ २०८०, शुक्रबार
लेनोभो थिंकबुक केबी प्रो मेकानिकल किबोर्ड चीनमा उपलब्ध

काठमाडौं ।

लेनोभोको थिंकबुक लाइनअपले कम्प्युटर र ल्यापटपहरू जस्ता विजनेस ओरियन्टेड प्रोडक्ट्स (व्यापार उन्मुख उत्पादनहरू) को रेञ्ज प्रदान गर्ने गरेको छ। कम्पनीले अब चिनियाँ बजारमा नयाँ एसेसोरिज प्रोडक्टको रुपमा नयाँ थिंकबुक बीके प्रो मेकानिकल किबोर्ड लन्च गरेको छ।

चिनियाँ पीसी निर्माताले ८३ किज डिजाइन फिचर गरेको र यसलाई पीबीटी सामग्री प्रयोग गरेर बनाइएको गिज्मोचाइनाले उल्लेख गरेको छ। नयाँ किबोर्ड हट स्व्यापेबल किजसँग उपलब्ध भएको बताइएको छ। साथै यसले २.४जी वायरलेस र ब्लुटुथ कनेक्सन सहित दुई मोडहरूमा वायरलेस कनेक्सनलाई समर्थन गर्ने उल्लेख छ।

यद्यपि, प्रयोगकर्ताहरूले यस किबोर्डलाई वायर मोडमा पनि प्रयोग गर्न सक्नेछन्। वायरलेस कनेक्सनको लागि भनेर थिंकबुक केबी प्रो मा २,४०० एमएएचको ठूलो ब्याट्री प्याक समावेश गरिएको र यस ब्याट्रीले किबोर्डलाई ब्याकलाइट अन गरेको खण्डमा पनि एक हप्ता सम्मको लामो ब्याट्री लाईफ प्रदान गर्ने छ।

यस किबोर्डको थप युनिक पक्षहरू मध्ये एक भनेको यसको गोलाकार किजमा फिचर भएका मल्टि कलर टोन र यसको क्वीर्की (विचित्र) डिजाइन रहेका छ। यो किबोर्ड किबोर्डको ग्रे र पिंक रङ्गको विकल्प गरी दुई प्रमुख भेरियन्टहरूमा उपलब्ध भएको बताइएको छ।

त्यसै गरी किबोर्डको कीहरु नीलो, पहेंलो, रातो जस्ता अन्य थप रङ्गहरूमा रहेको बताइएको छ। नयाँ लेनोभोको थिंकबुक केबी प्रो मेकानिकल किबोर्ड २०२३को जुन ९ तारिख देखि प्रि–अर्डरमा जाने र यसको मूल्य ६९९ युआन (लगभग ९८ अमेरिकी डलर) हुने उल्लेख गरिएको छ।

साथै यस किबोर्डको अन्य उल्लेखनीय फिचर्समा १०डब्ल्यू चार्जिङ समर्थन, ७२५ ग्राम तौल र ३१०*१४३*१९.८ एमएम आयामहरू समावेश रहेका छन्।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...