हरेक वर्ष स्टार्टअपको लागि बजेट छुट्याएपनि प्रभावकारी कार्यान्वयन नभएको सांसद चौधरीको गुनासो

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
हरेक वर्ष स्टार्टअपको लागि बजेट छुट्याएपनि प्रभावकारी कार्यान्वयन नभएको सांसद चौधरीको गुनासो

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले हरेक वर्ष स्टार्टअपको लागि बजेटमार्फत रकम छुट्याउने गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

सांसद चौधरीले संघीय संसदमा आर्थिक बर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा युवालाई स्वरोजगार बनाउने प्रयोजनका लागि स्टार्टअप र उद्यमशीलतालाई प्रबर्द्धन गर्न युवाहरूलाई तालीम दिने स्टार्टअप फन्ड (बीउपूँजी) मार्फत वित्तीय स्रोत उपलब्ध गराउने कार्यक्रम विगत डेढ दशकदेखिका बजेटमा परिरहेको, तर प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन्।

“युवा तथा खेलकुद मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, उद्योग मन्त्रालय, योजना आयोगलगायतमा विभिन्न नाममा यस्ता कोषहरू रहेका छन् । तर, कुनै पनि कामयाबी हुन सकेका छैनन्। ती सबै कोषहरूलाई एकत्रित गरी युवाहरूलाई सही तालीम तथा प्रशिक्षण प्रदान गर्ने तथा वित्तीय पहुँचमा जोड्ने काममा लगाउन सकिन्छ,” सांसद चौधरीले भने।

उनले सो प्रयोजनका लागि देशभर छरिएर रहेका बैंक तथा वित्तीय संस्थाका ५ हजारभन्दा बढी शाखालाई त्यो प्रशिक्षण तथा बिनाधितो ऋणको समुचित प्रयोग गर्ने एकीकृत थलोका रूपमा विकास गर्नुपर्ने भन्दै नेपाल राष्ट्रबैंकले हरेक शाखाबाट १० ओटा यस्ता परियोजनाको छनोट र ऋण दिनुपर्ने व्यवस्थाको माग गरे।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार