Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार
काठमाडौं ।
नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी इन्टरनेसनल प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपालमा भित्र्याएको छ।
सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा. लिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पुरा गर्दै आइरहेको छ। पुर्वदेखि पश्चिमभर प्रभावकारी वितरण संजाल भएको सेल्लुसिटीले अनलाइन माध्यमबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको हो।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाचहरु उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउ हुने दाबी गरिएको छ।
यसैगरी प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटीले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेल मार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा. लिले एक एक वटा सुनको सिक्का दिनेछ।
त्यस्तै पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्र मार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने पनि योजना सेल्लुसिटीले ल्याएको छ। एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेष्ठ ३२ सम्म लागु रहने जनाएको छ।
प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार