बेलायती अपरेटरहरु भोडाफोन युके र थ्री यूके बीच मर्जर हुँदै

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
बेलायती अपरेटरहरु भोडाफोन युके र थ्री यूके बीच मर्जर हुँदै

काठमाडौं ।

मोबाइल अपरेटर भोडाफोन र सीके हचिसनले आफ्ना बेलायती व्यवसाय, भोडाफोन युके र थ्री युकेलाई मर्ज गर्ने सम्झौता घोषणा गर्ने अपेक्षा गरिएको छ।

रोयटर्स रिपोर्टमा अज्ञात स्रोतका अनुसार उनीहरु सहमतिको अन्तिम चरणमा छन् र केहि दिनमै घोषणा हुनसक्नेछ।

भोडाफोनले अक्टोबरमा गरेको घोषणा अनुसार भोडाफोनको ५१ प्रतिशत र हचिसनको ४९ प्रतिशत संयुक्त समूहको स्वामित्व हुनेछ, जसको ऋण सहित लगभग १५ बिलियन पाउन्ड (१८.६ बिलियन डलर) हुन सक्ने बताईएको छ।

नगद आदानप्रदान गर्नुको सट्टा ऋणको स्वामित्व समायोजन गरेर सम्बन्धित दाउहरू हासिल गरिने कम्पनीहरूले अक्टोबरमा भनेका थिए।

बेलायतको सबैभन्दा ठूलो मोबाइल अपरेटर बनाउने सम्झौताको बारेमा वार्ता लामो समयसम्म चलेको छ। हचिसनका प्रमुख वित्तीय अधिकारी फ्रान्क जोन सिक्स्टले गत महिना यसलाई लाइनमा ल्याउन “अत्यन्तै गाह्रो” साबित भइरहेको बताएका थिए।

भोडाफोनका नयाँ प्रमुख कार्यकारी मार्गेरिटा डेला भ्याले पान-युरोपियन र अफ्रिकी अपरेटरहरूको कार्यसम्पादन सुधार गर्न प्रमुख बजारहरूमा सम्झौता गर्न दबाबमा छन्।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...