जीबूस्ट भी ८ किटले साधारण साइकललाई मिनेटमै विद्युतीय साइकलमा परिणत गर्नसक्ने

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

जीबूस्टले एउटा नयाँ ई–बाइक कन्भर्सन किटको अनावरण गरेको छ। उक्त नयाँ ई–बाइक कन्भर्सन किटले कुनै पनि साइकललाई १० मिनेट भित्र ई–बाइकमा रूपान्तरण गर्न सक्नेछ।

जीबूस्ट भी८ किट एउटा रमाइलो र प्रयोगकर्ताहरू आफैले रूपान्तरण गर्न सक्ने किट भएकोले यसले धेरै ग्राहकहरूलाई आकर्षित गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

भी८ किट इन्स्टल (स्थापना) गर्नको लागि कम्प्याक्ट, हल्का र शान्त डिभाइस भएको उल्लेख गरिएको छ। साथै कम्पनीले यस भी८ किटलाई कुनै पनि साइकलमा जडान गर्न सकिने र यसको तौल मात्र ९५० ग्राम रहेको बताएको छ। साथै कन्भर्सन किटको डिजाइन हलुको भएकाले यसलाई यात्राहरूमा पनि बोकेर लान सकिनेछ।

यस भी८ किटको अधिकतम पावर आउटपुट ९००डब्लुएच रहेको बताइएको छ। यद्यपि यसको डिजाइनले सम्भावित रूपमा पावर लसको परिणाम दिने उल्लेख गरिएको छ। रोलर प्रणालीमार्फत पछाडिको पाङ्ग्रामा पावर स्थानान्तरण गरिएको बताइएको छ।

यद्यपी, अफ–रोड राइडिङको सामना गर्नको लागि यस भी८ किटको मोटर पर्याप्त रूपमा बलियो भने नभएको र यस्तो परिदृश्यहरूमा यसको मोटर क्षतिग्रस्त हुनसक्ने छ। अफ–रोडमा रहेका ढुङ्गा, चट्टान वा डेब्रिसले रोलरलाई छिट्टै बिगार्न सक्ने उल्लेख गरिएको छ।

जीबूस्ट भी८ किट विषेश गरी सहरी आवागमन र सहरी सडकहरूमा फुर्सदको सवारीका लागि उपयुक्त हुने बताइएको छ। यस बाइक कन्भर्सन किटलाई तीनओटा ब्याट्री कन्फिगरेसनमा प्रस्तुत गरिएको उल्लेख छ। पहिलो विकल्प २५०वाट आवर ब्याट्रीको साथ आउने र दोस्रो विकल्पमा ३७५डब्लुएच ब्याट्री प्याक रहेको बताइएको छ। साथै टप ब्याट्री विकल्पमा भने ४५३ वाट आवर प्याक रहेको उल्लेख गरिएको छ।

सबैभन्दा कम ब्याट्री कन्फिगरेसनको मूल्य लगभग १,०५० डलर रहेको बताइएको छ भने ३७५डब्लुएच किटको मूल्य १,७८० डलर रहेको उल्लेख छ। सबैभन्दा ठूलो ब्याट्री प्याकको मूल्य ट्याग भने १,२८५ डलर रहेको बताइएको छ। जीबूस्ट भी८ किट हाल युरोपमा उपलब्ध रहेको छ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया