Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार
काठमाडौं ।
गत हप्ता, सामसङ डीएक्सको ग्लोबल मार्केटिङ सेन्टरका अध्यक्ष ली यङ-हीले सामसङको अर्को ग्यालेक्सी अनप्याक्ड कार्यक्रम दक्षिण कोरियाको सियोलमा आयोजना हुने बताएका छन्। यङ-ही ले कार्यक्रम स्थल खुलासा नगरेको तर सामसङले मिडियालाई ग्यालेक्सी अनप्याक्डलाई सियोलमा सामसङ डोङ, ग्याङनाम तथा सिओएक्समा होस्ट गरिने एक प्रेस नोटमा पठाएको छ।
लस भेगासमा २०१० मा पहिलो अनप्याक्ड भएदेखि, सामसंगले बार्सिलोना, बर्लिन, लन्डन, र न्यूयोर्क लगायत विश्वभरका प्रमुख शहरहरूमा ग्लोबल अनप्याक्ड कार्यक्रम आयोजना गरेको छ। सियोलमा अर्को अनप्याक्ड हुनेसंगै, सामसङले फोल्ड गर्न मिल्ने डिभाइसहरूको लागि अनप्याक्डको लागि आफ्नो दिशा बदल्नेछ।
सामसङले यस ग्यालेक्सी अनप्याक्डमा अनावरण गर्ने उत्पादनहरूको नाम खुलासा गरेको छैन्। तर यसले अर्को पुस्ताको फोल्डेबल उपकरणहरू कार्यक्रममा लन्च गर्ने पुष्टि गरेको बताइएको छ। जसको अर्थ ग्यालेक्सी जेट फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ रहेको छ।
२६ जुलाईमा हुने इभेन्टको अफवाहलाई आंशिक रूपमा पुष्टि गर्दै कोरियाली समूहले यो ग्यालेक्सी अनप्याक्ड जुलाईको अन्तिम हप्तामा आयोजना हुने पनि बताएको छ।
प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार