एप्पलले ल्यायो कार प्लेको लागि शेयर प्ले सेवा

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
एप्पलले ल्यायो कार प्लेको लागि शेयर प्ले सेवा

काठमाडौं ।

एप्पलले डब्ल्युडब्ल्युडीसी २०२३ कार्यक्रममा, एउटा उल्लेखनीय घोषणा गरेको छ, जसले संगीत उत्साहीहरूलाई रोमाञ्चित बनाएको छ।

टेक जायन्टले यात्रुहरूलाई सडकमा हुँदा प्ले लिस्टहरू शेयर गर्नको लागि एक नविनतम तरिका प्रदान गर्दै कारप्लेमा नयाँ सेयरप्ले सेवा इन्टिग्रेट गर्ने योजनाहरू ल्याएको हो । उक्त सुविधा आईओएस १७ को अनावरणसँगै प्रस्तुत गरिएको छ।

कार भित्र सिमलेस म्युजिक कोलाबरेसनलाई सहज बनाउन एप्पलले एप्पल म्युजिक एपमा कोलाबोरेटिभ प्लेलिस्ट फिचर प्रस्तुत गर्नेछ। जसबाट यात्रुहरूले अब आफ्नो मनपर्ने गीतहरू सिधै साझा प्लेलिस्टमा राख्न सक्ने छन्। यसबाहेक, यात्राको क्रममा सामूहिक र आकर्षक संगीत अनुभव सक्षम पार्दै यात्रुहरूले आफ्नो व्यक्तिगत डिभाइसहरू प्रयोग गरेर कारको कन्सोलमा संगीत प्लेब्याक नियन्त्रण गर्न पनि सक्षम हुनेछन्।

एप्पलले कोलाबोरेटिभ प्लेलिस्ट सुविधालाई एप्पल संगीत सदस्यता आवश्यक नपर्ने पुष्टि गरेको बताईएको छ। प्रयोगकर्ताले कारप्ले भित्र कुनै पनि अतिरिक्त लागत बिना साझा संगीतको फाइदाहरू पूर्णरूपमा लिन सक्नेछन्।  यद्यपि एप्पलले आधिकारिक रिलीज मिति प्रदान गरेको छैन्।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार