एप्पलको आईफोन एक्स र पुराना आईफोनहरूले आईओएस १७ प्राप्त नगर्ने

  • Technology Khabar | २४ जेष्ठ २०८०, बुधबार
एप्पलको आईफोन एक्स र पुराना आईफोनहरूले आईओएस १७ प्राप्त नगर्ने

काठमाडौं ।

एप्पलले स्ट्यान्डबाइ मोड, नेमड्रप र लाइभ भ्वाइसमेल सहित धेरै उल्लेखनीय फिचरहरूको साथ मंगलबार आईओएस १७ घोषणा गरेको छ। यद्यपी आईफोन्सका केहि पुराना मोडलहरूमा नयाँ आईओएस संस्करण सपोर्ट नहुने उल्लेख गरिएको छ।

यस वर्ष आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लस मोडेलहरूमा नयाँ आईओएस संस्करण सपोर्ट नहुने बताईएको छ

आईओएस १७ प्रयोग गर्न चाहनेहरूलाई एप्पलका आवश्यकताहरूसँग मिल्दो हुनको लागि आईफोन एक्सएस सिरिज वा नयाँ डिभाइस चाहिने बताइएको छ। दोस्रो र तेस्रो पुस्ताको आईफोन एसई मोडलहरूमा उक्त नयाँ आईओएस संस्करण अझै पनि समर्थित भएको तर पुरानो ए११ बायोनिक चिपसेट सहितका आईफोन एक्स र ८ सिरिजको लागि अवरोध देखिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

त्यसै गरी एप्पलले आफ्नो पहिलो जेनरेशन आईप्याड प्रो मोडेलहरूका साथै २०१७ मा लन्च गरिएको पाँचौं–पुस्ताको आईप्याडमा आईओएस १७ समर्थन नहुने देखिएको उललेख गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...