
काठमाडौं ।
कतारको पहिलो इलेक्ट्रिक सवारी ब्राण्ड सार्वजनिक भएको छ।
इकोट्रान्जिट कम्पनीले आफ्नो विशेष बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत आइतवार दोहामा यातायात मन्त्री एच ई जसिम बिन सैफ अल सुलैतीको उपस्थितिमा कतारको पहिलो इलेक्ट्रिक सवारीसाधनको ब्राण्ड सार्वजनिक गरेको हो।
इकोट्रान्जिटका अध्यक्ष शेख खलिफा बिन हमाद बिन खलिफा बिन अहमद अल थानी यस महत्वपूर्ण उपलब्धिको सम्बन्धमा भने, यी इनोभेटिभ इलेक्ट्रिक सवारीसाधनहरू मार्फत हाम्रो प्यारो राष्ट्र भित्र यो उल्लेखनीय उद्यम सुरु गर्न पाउँदा हामी हर्षित छौं।
क्तारले सार्वजनिक यातातलाई दिगो र इको मैत्री प्रणालीमा रुपान्तरण गर्ने प्रयासमा रहेको छ।
कतारको २०३० को रणनीतिमा २०२७ सम्म ३० हजार इलेक्ट्रिक चार्जिङ चार्जिङ स्टेशन निर्माण गर्ने पनि रहेको छ। २०२९ सम्म तोकिएको चार्जिङ स्टेशनमा जनताले निशुल्क आफ्नो ईभी चार्ज गर्न सक्नेछन्।
यस्तै कतारले २५ प्रतिशत निजी सवारीलाई विद्युतीयमा परिणत गर्ने योजना बनाएको दपेनेसुलाकतारले लेखेको छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार