काठमाडौं ।
फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले माइरेले सेमीकन्डक्टर निर्माताहरू एसटीमाइक्रोइलेक्ट्रोनिक्स (एसटी) र ग्लोबलफाउन्ड्रिज (जीएफ) द्वारा संयुक्तरूपमा क्रोलसमा निर्माण गरिने नयाँ माइक्रोचिप कारखानाको निर्माणको लागि २.९ बिलियन युरो बराबरको अनुदान भुक्तानी गरिने खुलासा गरे छन्।
क्यापेक्स, मर्मतसम्भार र सहायक लागतहरू सहित परियोजनाको समग्र लागत हाल लगभग ७.५ बिलियन युरो हुने अनुमान गरिएको छ।
मेको शुरुमा, युरोपेली आयोगले ईयू राज्य सहायता नियमहरू अन्तर्गत प्रत्यक्ष अनुदानको स्वीकृति घोषणा गरेको उनले बताए।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार