
काठमाडौं ।
भारतीय पीसी बजार (ल्यापटप, नोटबुक, ट्याब्लेट र डेस्कटपहरू सहित) ३.९ मिलियन युनिट्स ढुवानी भएको रेकर्ड गरियो र वार्षिक रूपमा भने ३५ प्रतिशत घटेको छ। ल्यापटप र ट्याब्लेटहरू क्रमशः ४१ प्रतिशत र ३७ प्रतिशत घटेको क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
मागमा आएको छोटो–अवधिको मन्दी, मार्केट स्याच्युरेसन र इलिभेटेड् इन्भेन्टोरी लेभल्स (उन्नत सूची स्तर) बाट बजार प्रभावित भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ। यद्यपी, २०२३ को पहिलो त्रैमासिक पूर्व–महामारी स्तरहरू भन्दा माथि नै रहेको बताइएको छ।
एचपीले २०२२ को पहिलो त्रैमासिकको तुलनामा ३०.२ प्रतिशतले ढुवानीमा आएको गिरावटको बावजुद पनि आफ्नो बजार–अग्रणी स्थिति कायम राखेको छ। त्यसैगरी दोस्रो स्थानमा रहेको लेनोभोले वार्षिक दरमा कुनै पनि निर्माताहरु मध्ये सबैभन्दा उच्च घाटा वेहोरेको उल्लेख गरिएको छ। लेनोभोले वार्षिक दरको ४६.५ प्रतिशत घाटाको सबैभन्दा उच्च मार्जिन पोस्ट गरेको उल्लेख छ।
ट्याब्लेटहरुको सन्दर्भमा भने बजारको ३२.६ प्रतिशत हिस्सा लिएर सामसङ एप्पल र लेनोभो भन्दा अगाडि रहेको छ।
क्यानालिसले भारतीय पीसी बजार २०२४ मा ११ प्रतिशत वृद्धि हुनुका साथै २०२५ मा अपेक्षित १३ प्रतिशत वृद्धिको साथ रिबाउन्ड हुने अनुमान गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार