सामसङले भारतमा आफ्नो २०२१ को कर लाभ गुमाउने सम्भावना

  • Technology Khabar | २४ जेष्ठ २०८०, बुधबार
सामसङले भारतमा आफ्नो २०२१ को कर लाभ गुमाउने सम्भावना

काठमाडौं ।

भारत सरकारले आफ्ना उत्पादनहरू स्थानीय रूपमा उत्पादन गर्ने र भारतमा पूँजी लगानी गर्ने विदेशी कम्पनीहरूलाई कर छुट दिने गरेको छ। यसलाई प्रोडक्सन–लिंक्ड इन्सेन्टिभ स्किम (उत्पादन–लिङ्क गरिएको प्रोत्साहन योजना) भन्ने गरिन्छ र कम्पनीहरूमा लगाइएका केही करहरू कम गरिने गरेको उल्लेख गरिएको छ।

लाभार्थीहरू मध्ये एक सामसङ पनि भएको तर बीजकहरूको समस्याले कोरियाली टेक जायन्टलाई आर्थिक वर्ष २०२१ को फाइदाहरूबाट वञ्चित हुनसक्ने भएको छ।

इनभ्वाइसिङको भिन्नताका कारणले गर्दा सामसङले अब अनुसन्धानको सामना गर्नु परेको जीएसएमएरिनामा उल्लेख गरिएको छ। सन् २०२१ को अगस्टमा सामसङले अघिल्लो वर्षको तुलनामा वित्तीय २०२१ को लागि १.८१ बिलियन डलरको अतिरिक्त बिक्रीमा पुग्नको लागि १०८ मिलियन डलर इन्सेन्टिभ दाबी गरेको थियो भनी उल्लेख गरिएको छ।

सामसङको यस मामलासँग परिचित एक सरकारी अधिकारीका अनुसार कम्पनीले सहकार्य गरेको र समस्या समाधान गरेको उल्लेख छ। साथै “पहिलो वर्षको लागि जे गयो त्यो गइसक्यो”, त्यसै कारणले सामसङले २०२१ को लागि ती प्रोत्साहनहरू प्राप्त नर्गने उनले बताए।

यद्यपि फक्सकन र विन्स्ट्रोन जस्ता अन्य कम्पनीहरूले भने आफ्नो कर लाभहरू प्राप्त गरेको उल्लेख गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार