काठमाडौं ।
गण्डकी प्रदेशलाई डिजिटल गण्डकी प्रदेश को रुपमा विकसित गरिने भएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनमा आइतबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल गण्डकी प्रदेश बनाउने बताएका हुन्।
‘डिजिटल गण्डकी प्रदेशको अवधारणा अनुरुप प्रदेश गौरवको रुपमा रहेको विद्युतीय सुशासन गुरुयोजनाको कार्यान्वयनलाई निरन्तरता दिइनेछ। साथै, आईसीटी इनोभेशन ल्याब स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार