
काठमाडौं ।
गण्डकी प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रमा प्रविधिमैत्री स्मार्ट कृषि फर्म खोल्ने भएको छ।
‘एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म को अवधारणा विकास गरी आवश्यक पूर्वाधार सहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने’ गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख छ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनमा आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार