एन्ड्रोइड १४ ले फोन र ट्याब्लेटहरूमा ब्याट्री हेल्थ फिचर ल्याउने

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार
एन्ड्रोइड १४ ले फोन र ट्याब्लेटहरूमा ब्याट्री हेल्थ फिचर ल्याउने

काठमाडौं ।

एप्पल आईओएसमा रहेको ब्याट्री हेल्थ फिचरले डिभाइसको ब्याट्रीको म्याक्सीम्म रिमेनिङ्ग क्यापासिटि (अधिकतम बाँकी क्षमता) देखाउने गर्दछ। यद्यपी एन्ड्रोइडमा भने उक्त ब्याट्री हेल्थ फिचर नभएको र यसको अन्तिम संस्करण जारी भएसँगै एन्ड्रोइड १४ ले अब सबै एन्ड्रोइड डिभाइसहरूमा उक्त फिचर ल्याउने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

गुगलले एन्ड्रोइड १४ बीटामा केही नयाँ ब्याट्री म्यानेजर एपीआईहरू थपेको फर्मर एक्सडीए–डेभलपर्सको ईआईसी मिशाल रहमानले खुलासा गरेका छन्। ती दुई मध्येको पब्लिक एपीआई साइकल काउण्ट (गणना) र चार्जिङ स्ट्याटस (स्थिति) बारे जानकारी प्रदान गर्न प्रयोग गरिन्छ भने बाँकी रहेको अर्को सिस्टम एपीआईहरूले डिभाइसको निर्माण मिति, पहिलो प्रयोगको मिति, चार्जिङ नीति, र स्वास्थ्यको अवस्था रिपोर्ट गर्ने उल्लेख गरिएको छ।

साथै रहमानका अनुसार ब्याट्री-स्ट्याट्स अनुमति सहितको कुनै पनि एपले यी सिस्टम एपीआईलाई कल गर्न सक्ने तर तिनीहरू एन्ड्रोइड १४ बीटा २ वा सोभन्दा माथि चल्ने पिक्सेल डिभाइसहरूमा मात्र उपलब्ध रहेको उल्लेख छ।

त्यसैगरी डेभलपर नारेकले ब्याट नामक एउटा एप विकास गरेको र त्यसले स्मार्टफोनको ब्याट्री हेल्थ र चार्ज साइकल्सको बारेमा रिपोर्ट गर्नको लागि यी नयाँ एपीआईहरू प्रयोग गर्ने बताइएको छ। यसलाई गिटल्याबबाट डाउनलोड गर्न सकिने र यसलाई एन्ड्रोइड १४ मा चलिरहेको डिभाइसमा परिक्षण गर्न सकिने छ।

एपीआईहरूले तथ्याङ्कहरू फर्काउने भएकाले एपले साझा गर्ने डाटाको शुद्धता पुष्टि गर्न नसकिने र ती तथ्याङ्कहरू चार्ज गर्ने आईसी ट्र्याकहरूको जानकारीमा निर्भर हुने उल्लेख छ। साथै एचएएलले उक्त फिचरलाई समर्थन गर्छ कि गर्दैन भन्ने कुरामा यो निर्भर हुने थप उल्लेख गरिएको छ।

गुगलले स्टेबल एन्ड्रोइड १४ मा एक उचित ब्याट्री हेल्थ फिचर थप्ने आशा गरिएको र यसले डिभाइसको ब्याट्री हेल्थ स्ट्याट्स (स्वास्थ्य स्थिति) जाँच गर्नको लागि ब्याट जस्ता एपहरूमा भर पर्न नपर्ने उल्लेख छ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...