शाओमी १३ अल्ट्रा विश्व बजारमा ८ जुनमा सार्वजनिक हुने

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार
शाओमी १३ अल्ट्रा विश्व बजारमा ८ जुनमा सार्वजनिक हुने

काठमाडौं ।

शाओमीले अप्रिलमा चीनमा शाओमी १३ अल्ट्रा सार्वजनिक गरेको छ। शाओमीले आफ्नो फ्ल्यागशिप फोन विश्व बजारमा सार्वजनिक गर्ने तयारी पनि अघि बढाएको छ।

कम्पनीको आधिकारिक वेबसाइटमा काउन्टडाउन टाइमरले शाओमी १३ अल्ट्रा ८ जुन मा ग्लोबल लन्च हुने देखाइएको छ। १३ अल्ट्रा खरिद गर्नेले ३ महिनाको निःशुल्क यूट्युब प्रिमियम सब्सक्रिप्सन र ६ महिनाको गूगल वानको निःशुल्क सब्सक्रिप्सन लगायत लाभहरुको फाइदा उठाउन सक्नेछन्।

रिपोर्टका अनुसार शाओमी १३ अल्ट्रा विश्व बजारमा १२ जीबी र्याम र ५१२ जीबी भर्सनमा मात्र उपलब्ध हुनेछ। युरोपमा यसका मूल्य १ हजार २९९ युरा वा १ हजार ४९९ युरो हुनेछ।

शाओमी १३ अल्ट्रामा क्वाड एचडी प्लस रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र ६.७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले छ। यो एन्ड्रोइड १३ र एमआईयूआई १४ मा सञ्चालन हुन्छ।

स्न्यापड्रागन ८ जेन २ चिपसेटले एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० स्टोरेजलाई पावर दिन्छ। ५ हजार एमएएचको ब्याट्रीले ९० वाटको वायर र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ।

शाओमी १३ अल्ट्रामा ३२ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा छ। पछाडि १ इन्चको सोनीको ५० मेगापिक्सेलको आईएमएक्स९८० क्यामरामा ५० मेगापिक्सेल अल्ट्रा वाइड लेन्स जोडिएको छ। ओआईएससँग ५ मेगापिक्सेल टेलिफोटो क्यामरासँग ओआईएस र ५ एक्स अप्टिकल जूम छ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार