Technology Khabar २२ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
टाटा माटर्सले टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्सको अपग्रेडेड भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्स अपग्रेडेड भेरियन्ट १६ लाख ९९ हजार भारु (एक्स शोरुम)को मूल्यमा सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
यस इलेक्ट्रिक कारको टप भेरियन्टमा अपग्रेडको रुपमा १०.२५ टचस्क्रीन इन्फोटेनमेन्ट दिइएको छ। टचस्क्रीन ठूलो हुनुका साथै १९२० वाई ७२० रिजोल्यूसनका साथ अधिक क्रिस्प छ। साथै, यस अपग्रेडेड मोडलमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट पनि दिइएको छ। यो फिचरले कारको सुविधालाई थप बढाएको छ।
नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्सको अन्य फिचर्समा हाई डेफिनेशन रियर भ्यू क्यामरा, ६ भाषा –इंग्लिस, हिन्दी, बंगाली, तमिल, तेलुगू, मराठी) मा १०८ भन्दा बढी भ्वाइस् कमान्ड सुविधा प्राप्त गर्न सकिन्छ।
कम्पनीले लन्चको घोषणासँगै बुकिङ पनि खुल्ला गरेको छ। यस इलेक्ट्रिक एसयूभी २१ ह्जार भारु तिरेर बुक गर्न सकिन्छ। इलेक्ट्रिक एसयूभीमा ४०.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ।
टाटा नेक्सन ईभी स्ट्यान्डर्ड मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। ठूलो ब्याट्री प्याक भएकाले टाटा नेक्सन ईभीले ४५३ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। रिपोर्टका अनुसार स्ट्यान्डर्ड मोडलको तुलनामा करिब ७० किलोग्राम भारी छ।
टाटा नेक्सन ईभीमा १४३ बीएचपीको इलेक्ट्रिक मोटर छ जसले २५० न्यूटन मिटरका अधिकतम टर्क प्रदान गर्छ। कारले ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति प्रदान गर्छ।
नेक्सन ईभी म्याक्सले १४० किलोमिटर प्रति घण्टाको अधिकतम स्पीड प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ। चार्जिङका लागि ३.३ किलोवाटको स्ट्यान्डर्ड चार्जर दिइएको छ। तर ग्राहकले आवश्यकताको आधारमा यसलाई अपग्रेड पनि गर्न सक्छन्।
ग्राहकले अतिरिक्त रकम भुक्तानी गरेर ७.२ किलोवाटको चार्जर खरिद गर्न सक्नेछन्। यस अपग्रेडले चार्जिङ समय १५ देखि १६ घण्टाबाट घटेर ५ देखि ६ घण्टा गरिएको छ।
नयाँ अपग्रेडबाट इन्टिरियर अझै आकर्षित र सानदार बनाइएको छ।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार