गुगल मीटमा कम्पनीले ल्याउँदैछ ‘भ्युअर’ फिचर, बैठकका लागि हुनेछ फाइदाजनक

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार
गुगल मीटमा कम्पनीले ल्याउँदैछ ‘भ्युअर’ फिचर, बैठकका लागि हुनेछ फाइदाजनक

काठमाडौं ।

तपाईंहरू सबैले गुगल मीटमार्फत कोरोना अवधिमा कुनै न कुनै बैठकमा भाग लिनुभएको हुनुपर्छ। गुगल मिट गुगलको भिडियो कलिङ सञ्चार सेवा हो जसको माध्यमबाट मानिसहरूले एकअर्कासँग कुरा गर्न र आफ्नो स्क्रिन आदि साझेदारी गर्न सक्छन्।

यसैबीच, कम्पनीले एपमा नयाँ फिचर ल्याउन लागेको छ जुन ठूला बैठकका लागि फाइदाजनक साबित हुने भएको छ। यो सेटिङ अन गर्दा, बैठकमा कुनै समस्या हुनेछैन।

वास्तवमा, गुगलले मीटमा भ्यूअर मोड नामक सुविधा ल्याउन लागेको छ, जसले बैठक सेटअप गर्दा होस्टलाई बैठकमा उपस्थित व्यक्तिहरूले मात्र सुन्न र देख्न सक्ने विकल्प अन गर्ने सुबिधा दिन्छ। यो मोड अन गरेपछि कुनै पनि सहभागीले माइक वा भिडियो कलको विकल्प खोल्न नसक्ने भएकाले बैठकमा कुनै किसिमको डिस्टर्बेन्स आउने छैन।

यो फिचर अन गर्नका लागि तपाईंले क्यालेन्डर मिटिंग विकल्पमा गएर मिटिङ सेटिङमा गएर ‘सबै जना दर्शक हो'(everyone is a viewer) को विकल्प चयन गर्नुपर्छ।

हाल यो सुविधा सबैका लागि उपलब्ध छैन। तर कम्पनीले बिस्तारै यो सुविधा सबैका लागि रोल आउट गर्दैछ।

होस्टसँग यो विकल्प हुनेछ
बैठकको आयोजक अर्थात होस्टसँग बैठकको समयमा कुनै पनि दर्शकलाई योगदानकर्ता(कन्ट्रीब्यूटर)को रूपमा सेट गर्ने विकल्प पनि हुनेछ। यस पछि, योगदानकर्ताले भिडियो वा आवाजमार्फत आफ्नो कुरा राख्न सक्छ।

तर यसमा, दर्शकहरूले मिटिङको दौरान गुगल मीटको कुनै पनि सुविधा प्रयोग गर्न सक्ने छैनन् जस्तै इमोजी प्रतिक्रिया वा च्याट, पोल प्रश्न र प्रश्नोत्तरमा मात्र दर्शकहरूले आफ्नो प्रतिक्रिया दिन सक्छन्।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार