नोकिया सी११० र सी३०० घोषणा, इन्ट्री लेभलका फिचर र बजेट फोन

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

एचएमडी ग्लोबलले अमेरिकी बजारका लागि नयाँ इन्ट्री–लेभल स्मार्टफोनहरूको जोडी घोषणा गरेको छ। नोकिया सी११० मा एचडी प्लस रिजोल्युसनसहितको ६.३ इन्चको एलसीडी स्क्रिन र मिडियाटेक हेलियो पी२२ चिपसेट रहेको उल्लेख छ।

नोकिया सी३०० मा उही एचडी प्लस रिजोल्युसनको साथ ६.५२ इन्चको एलसीडी र स्न्यापड्रागन ६६२ एसओसी फिचर गरिएको जीएसएमएरिनाले उल्लेख गरिएको छ।

नोकिया सी११० को पछाडि १३ मेगापिक्सेलको (सिङ्गल) क्यामरा र एलईडी फ्ल्यास फिचर गरिएको छ भने सी३०० मा २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगापिक्सेलको म्याक्रो क्यामरा थप समावेश गरिएको उल्लेख छ। साथै सी३०० मा ८ मेगापिक्सेलको फ्रन्ट फेसिङ शूटर पनि रहेको छ भने सी११० मा ५ मेगापिक्सेलको मोड्युल रहेको छ।

उक्त दुई नयाँ डिभाइसहरूमा ३ जीबीको र्याम र ३२ जीबीको स्टोरेज समावेश गरिएको र सो स्टोरेजलाई माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिने छ।

त्यसैगरी उक्त दुई नयाँ डिभाइसहरूको सफ्टवेयरमा एन्ड्रोइड १२ रहेको भए तापनि ब्याट्रीहरुमा भने भिन्नता रहेको उल्लेख छ। सी ११० मा ३,००० एमएएच (५ वाट चार्जिङ) ब्याट्री समावेश गरिएको छ भने सी ३०० मा ४,००० एमएएच (१० वाट चार्जिङ) ब्याट्री रहेको उल्लेख छ। दुबै फोनमा पोली कार्बोनेट फ्रेम्स र ब्याक्सका साथै आईपी ५२ रेटिङ्ग र हेडफोन ज्याक्स रहेको बताइएको छ।

नोकिया सी ११० खैरो रङ्गमा आउने र यसको मूल्य अमेरिकामा ९९ डलर पर्ने बताइएको छ। त्यसै गरी नोकिया सी ३०० निलो रङ्गमा उपलब्ध हुने र यसको मूल्य भने १३९ डलर पर्नेछ। साथै दुबै फोनहरू यस महिनाको अन्त्यबाट कन्जुमर्स सेलुलर र ट्र्याकफोन जस्ता क्यारियरहरूका साथै वालमार्ट, टारगेट, बेस्टवाई र अमेजन जस्ता पार्टनरिङ्ग रिटेलर्स बिक्रेताहरूबाट उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया