काठमाडौं ।
सामसङले आफ्नो पछिल्लो स्मार्टवाच शृङ्खला, सामसङ ग्यालेक्सी वाच ६ को उच्च प्रत्याशित रिलिजको लागि तयारी गरिरहेको छ। आगामी लाइनअपले फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी ) प्रमाणीकरण सफलतापूर्वक पारित गरेको बताइएको छ।
सामसङ ग्यालेक्सी वाच ६ श्रृंखलामा सामसङ वाच ६ र सामसङ वाच ६ क्लासिक गरी दुई मोडलहरू समावेश हुनेछन्। यी घडीहरू सामसङ ग्यालेक्सी जेट फोल्ड ५ र ग्यलेक्सी जेट फ्लीप ५ सम्भवतः जुलाई वा अगस्टमा सँगसँगै लन्च हुने अपेक्षा गरिएको छ।
एफसीसी सूचीले पुष्टि गरेअनुसार सामसङ ग्यालेक्सी वाच ६ , ४० एमएम र ४४ एमएम दुई आकारमा उपलब्ध हुनेको बताइएको छ। ४० एमएम संस्करणमा मोडेल नम्बर एसएम आर ९३० रहेको तथा ४४ एमएम संस्करण एसएम आर ९४० को रूपमा पहिचान गरिएको बताइएको छ।
सामसङ ग्यालेक्सी वाच ६ मा जडान विकल्पहरूमा ब्लुटुथ, वाईफाई ८०२.११ बि/जि/एन/ए, एनएफसी र जिएनएसएस समावेश रहेको उल्लेख छ। यसको पूर्ववर्ती, सामसंग ग्यालेक्सी वाच ५ श्रृंखला जस्तै, वाच ६ मा वायरलेस चार्जिंग क्षमताहरू पनि हुने तथा वाच ६ को लागि वायरलेस चार्जर, मोडेल नम्बर इआर ओआर ९००, वाच ५ शृङ्खलाका लागि प्रयोग गरिएको जस्तै हुने अपेक्षा गरिएको बताइएको छ।
सामसङ ग्यालेक्सी वाच ६ को अतिरिक्त, सामसङले ग्यालेक्सी वाच ६ क्लासिक पनि लन्च गर्ने चर्चा रहेको छ। वाच ६ क्लासिकले ४७०×४७० पिक्सेलको रिजोल्युसनको साथ १.४७ इन्चको सुपर एमोलेड डिस्प्ले प्रदान गर्ने तथा यो ४२५ एमएएच ब्याट्रीद्वारा संचालित हुनेछ।
जबकि एफसीसी सूचीले विस्तृत विवरणहरू प्रदान नगरेकाले सामसङ ग्यालेक्सी वाच ६ श्रृंखलाको बारेमा थप जानकारी आगामी हप्ताहरूमा अन्य प्रमाणीकरण प्लेटफर्महरूबाट बाहिर आउने अपेक्षा गरिएको छ।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार