बीवाइडीले भन्यो- ‘इलेक्ट्रिक भेहिकलको ब्याट्री ब्यवस्थापनमा प्रतिबद्ध छौं’

  • Technology Khabar | २१ जेष्ठ २०८०, आईतवार
बीवाइडीले भन्यो- ‘इलेक्ट्रिक भेहिकलको ब्याट्री ब्यवस्थापनमा प्रतिबद्ध छौं’

काठमाडौं ।

सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमार्फत नै केही बोलेको भन्दै त्यसलाई बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले सकारात्मकरुपमा लिएको जनाएको छ।

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने हामीले समाज र राष्ट्र प्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएका छौं । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौं। विद्युतीय साधनको सबैभन्दा चुनौतत पूर्ण मानिएको ब्याट्री ब्यवस्थापन गर्न हामी निरन्तर लागिरहेका छौं। कम्पनीले भनेको छ।

सवारी साधनबाट निस्कने पुराना ब्याट्रीको उचित ब्यवस्थापनको कयौं तरिका भएको भन्दै  पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि देश बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेर बसेको जनाएको छ।

“हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं। साथै, प्रतिबद्धता ब्यक्त गर्दछौं,” बीवाईडीले भनेको छ।

यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइट हुनबाट नेपाललाई बचाउने उल्लेख छ। यसका साथै साइमेक्स इंकले विगतदेखि नै ब्याट्री मेनेजमेन्ट सिस्टमलाई दुरुस्त बनाउने काम गर्दै आएको जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार