नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

  • Technology Khabar | २० जेष्ठ २०८०, शनिबार
नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनी जस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरे।

उनले भने, “टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुस् त्यसका लागि हामी सहजीकरण गर्छौं।”

प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोप्नुभएको थिए।

सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे।

भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दा बढी मुलुकमा काम गर्दै आएको छ। उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन्।

इन्दौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरूसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो।

यसका साथै प्रधानमन्त्री दाहालले इन्दोरस्थित टिसीएस इन्फोसिसको अवलोकन भ्रमण गरि विज्ञान र प्रविधिमा भारतले गरेको विकास र प्रगतिका बारेमा जानकारी लिए।

प्रकाशित: २० जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार