मोटोरोलाले सार्वजनिक गर्यो नयाँ फोल्डेबल स्मार्टफोन “रेजर ४० अल्ट्रा”

  • Technology Khabar | २० जेष्ठ २०८०, शनिबार

काठमाडौं ।

प्रिमियम स्मार्टफोन ब्रान्डले आफ्नो सबैभन्दा नयाँ फोल्ड गर्न मिल्ने डिभाइस मोटोरोला रेजर ४० अल्ट्रा सार्वजनिक गरेको छ।

डिभाइसको फर्म फ्याक्टरले भर्खरै लन्च गरिएको ओप्पो फोल्ड एन २ सँग मिल्दोजुल्दो रहेको देखाएको छ जसमा स्क्वारिस क्ल्यामशेल बडी रहेको बताइएको छ। छोटो समयमै, ओप्पोले फोल्डेबल फोनका लागि विश्वभरका उपभोक्ताहरूबाट उल्लेखनीय प्रशंसा कमाइरहँदा मोटोरोलाले फोल्डेबल खण्डमा आफ्नो उपस्थिति महसुस गरिरहेको बताइएको छ।

सामसङ, ओप्पो, शाओमी र गुगलले यस क्षेत्रमा पहिले नै प्रगति गरिसकेका छन्।

३० सेकेन्ड क्लिपमा धेरै खुलासा नगरिएपनि फोल्डेबललाई डुअल स्क्रिनहरू सहित, एउटा फ्ल्यापमा र अर्को भित्री भागमा गरी तीनवटा रोचक शेडहरूमा देखाएको छ। मेटालिक फिनिशको साथ डिभाइस क्रिस्प देखिन्छ। विशेषता वा मूल्यमा कुनै विवरण नभएकाले प्रयोगकर्ताहरूले थप जानकारी प्राप्त गर्न थप समय कुर्नुपर्ने हुनसक्ने छ।

मोटोरोला रेजर ४० अल्ट्रा ६.९ इन्च फोल्डेबल पूर्ण एचडी एलटीपिओ एमोलेड भित्री डिस्प्लेको साथ हुनेछ। जसमा १४०० निट्स पीक ब्राइटनेस र १६५ हर्ज रिफ्रेस दर हुने बताइएको छ। भित्री डिस्प्ले १०० प्रतिशत डिसीआई पी ३ कलर गामुटको साथ आउने तथा यसले एक अरब रङसम्म खेल्न सक्ने पनि बताइएको छ।

बाहिरी डिस्प्ले ३.६ इन्च एमोलेड प्यानलको साथ आएकोछ जसमा १४४ हर्ज रिफ्रेस रेटको साथ ११०० निट्स पीक ब्राइटनेस हुने तथा यन्त्रमा पछाडि र अगाडि दुवैमा गोरिल्ला ग्लास भिक्टस सुरक्षा हुने अपेक्षा गरिएको छ। जसलाई फ्लिप फोनमा देखाइएको सबैभन्दा ठूलो बाह्य डिस्प्लेको रूपमा वर्णन गरिएको छ।

नयाँ मोटोरोला रेजर ४० अल्ट्रामा शक्तिशाली स्न्यापड्रयागन ८ प्लस जेन १ चिपसेट तथा एड्रिनो ७३० जिपीयूद्वारा समर्थित हुनेछ। यसमा १२ जीबी र्याम र ५१२ जीबीसम्मको अनबोर्ड स्टोरेज रहेको बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया