बीवाईडीको डेन्जा एन७ जुनमा सार्वजनिक हुने, ह्वावे हार्माेनीओएस सपोर्ट गर्ने

  • Technology Khabar | २० जेष्ठ २०८०, शनिबार
बीवाईडीको डेन्जा एन७ जुनमा सार्वजनिक हुने, ह्वावे हार्माेनीओएस सपोर्ट गर्ने

काठमाडौं ।

डेन्जा ब्रान्ड दिवस मे ३० मा कम्पनीले आफ्नो इलेक्ट्रिक एसयूभी ए७ जुनको अन्त्यतिर सार्वजनिक गरिने र जुलाईको अन्तिम तिर डेलिभरी गरिने घोषणा गरेको छ।

एन७ डेन्जाको दोस्रो ईभी हो। बीवाईडी अन्तर्गतको प्रिमियम एनईभी ब्रान्डको रुपमा रहेको छ।

गत अप्रिलतमा डेब्यु गरेको एन७ले १० हजार ५६९ यूनिट प्रि–अर्डर प्राप्त गरेको कम्पनीको अप्रिल २४ को रिपोर्टमा उल्लेख भएको कारन्यूजचाइनाले उल्लेख गरेको छ।

डेन्जाले ए७ले फ्रन्ट फेस सेपको दुई भेरियन्ट पेस गर्ने घोषणा गरेको छ। कारको डिजानमा हेडलाइटको मुनिको डेटाइम रनिङ लाइट फरक हुनेछ। एउटा भेरियन्टमा सिधा एलईडी लाइन र अर्कोमा ह्याच हुनेछ।

डेन्जा एन७ बीवाईडीको ई प्लेटफर्म ३.० मा आधारित ५ सिटर हो। यसको डाइमेन्सन ४८६०÷१९३५÷१६०२ एमएम र २९४० एमएम ह्वीलबेस छ।

एन७ आरडब्ल्यूडी वा ४डब्ल्यूडीमा उपलब्ध हुनेछ। आरडब्ल्यूडीमा २३० किलोवा पावर (३१३एची) को सिंगल सिंक्रोनस इलेक्ट्रिक मोटर र ४डब्ल्यूडीको फ्रन्टमा १६० किलोवाट मोटर थप छ। त्यसैले यसको अधिकतम आटपुट ३९० किलोवाट (५२३ एचपी) छ।

एन७ सँग एउटा मात्र ब्याट्री विल्पमा उपलब्ध हुनेछ। ९१.३९ किलोवाट आवर ब्याट्री प्याकले आरडब्ल्यूडी ट्रिममा ७०२ किलोमिटर र ४डब्ल्यूडीमा ६३० किलोमिटर रेञ्ज प्रदान गर्छ। डुअल चार्जिङको प्रयोगबाट १५ मिनेटमा ३५० किमी र ४ मिनेटमा १०० किमी चार्ज गर्न सकिन्छ।

ब्रान्ड दिवसको अवसरमा डेन्जाले धेरै इन्टेलिजेन्ट टेक फिचर हाइलाइट गरेको थियो। एन७को आफ्नै अपरेटिङ सिस्टम छ र यसले ह्वावेको हार्माेनीओएस र ओटीए अपडेटहरुलाई सपोर्ट गर्छ। बीवाईडीको डिसस-ए सस्पेन्सन सिस्टमबाट सुसज्जित छ। यी बाहेक आईएडीसी (ड्रिफ्ट कन्ट्रोल सिस्टम) र आईसीभीसी (भेक्टर कन्ट्रोल सिस्टम)सँग पनि फिट हुनेछ।

डेन्जाले डिसेम्बरमा ओटीए मार्फत डिसेम्बरमा निःशुल्क एडीएएस फिचर उपलब्ध हुने घोषणा गरेको छ। यसका लागि सब्सक्रिप्सन आवश्यक पर्दैन।

प्रकाशित: २० जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...