
काठमाडौं ।
चीनका विज्ञान तथा प्रविधि उपमन्त्री झाङ गुआङ्जुनले सफ्टबैङ्कको स्वामित्वमा रहेको बेलायती चिप प्रविधि फर्म आर्मलाई चिनियाँ अनुसन्धान संस्था, कलेज र कम्पनीहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउन प्रोत्साहित गरेको उनको मन्त्रालयले बिहीबार जनाएको छ।
मंगलबार बेइजिङमा आर्मका सीईओ रेने हाससँगको भेटमा झाङले उक्त सुझाब दिएको रोयटर्सले रिपोर्ट गरेको छ।
उनले चिनियाँ बजारमा आर्मको विकासको ठूलो सम्भावना रहेको र मन्त्रालयले देशमा सञ्चालित उच्च प्राविधिक उद्यमहरूलाई सेवा र सहयोग जारी राख्ने बताए।
प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार