रूसी राष्ट्रिय अपरेटर रोस्टेलेकमले देशभित्रै दूरसञ्चार उपकरण उत्पादन गर्ने

  • Technology Khabar | १८ जेष्ठ २०८०, बिहीबार
रूसी राष्ट्रिय अपरेटर रोस्टेलेकमले देशभित्रै दूरसञ्चार उपकरण उत्पादन गर्ने

काठमाडौं ।

रूसी राष्ट्रिय अपरेटर रोस्टेलेकमले दूरसञ्चार उपकरणहरू उत्पादन गर्ने योजना बनाएको कम्पनीका सीईओ मिखाइल ओसिएभस्कीलाई उद्धृत गर्दै वेदोमोस्तीले रिपोर्ट गरेको छ।

सेन्ट पिटर्सबर्गको कारखानामा जुन २०२३ को मध्यमा उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

भिडियो क्यामरा, राउटर र अन्य उपकरण र टूलहरू सहित उपकरणहरूको एक विस्तृत स्पेक्ट्रम उत्पादन गरिने बताईएको छ।

पछिल्लो सयम बहुराष्ट्रिय कम्पनीहरुले रुस छोडेसँगै देशभित्र टेलिकम नेटवर्कका उत्पादनहरुका लागि रुसी कम्पनी अगाडि आएका छन्।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार