बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा अमेजन २५ मिलियन डलर तिर्न सहमत

  • Technology Khabar | १८ जेष्ठ २०८०, बिहीबार
बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा अमेजन २५ मिलियन डलर तिर्न सहमत

काठमाडौं ।

अमेजनले फेडरल ट्रेड कमिसन (एफटीसी)लाई अलेक्सा मार्फत बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा २५ मिलियन अमेरिकी डलर तिर्न गर्न सहमत भएको छ।

कम्पनीलाई बच्चाहरूको भ्वाइस डाटाको ह्यान्डलिङ मार्फत एफटीसी ऐन र चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्शन एक्ट (सीओपीपीए) दुवैको भंग गरेको आरोप छ।

एफटीसीका अनुसार कम्पनीले भ्वाइस डेटामा सीमित पहुँच र अनुरोधमा जानकारी मेटाउने वाचा गरेको बताए पनि, यसले सेप्टेम्बर २०१९ सम्म पूर्वनिर्धारित रूपमा बच्चाहरूको रेकर्डिङ र ट्रान्सक्रिप्टहरू अनिश्चित कालसम्म राखेको छ।

अमेजनले महत्वपूर्ण अवधिको लागि ट्रान्सक्रिप्टहरू मेटाउन असफल भयो र अझै भ्वाइस जानकारी र भौगोलिक स्थान डाटा राखेको आयोगले भनेको इनग्याजेडले उल्लेख गरेको छ।

प्रतिक्रियामा, अमेजनले जारी गरेको स्टेटमेन्टमा एफटीसीको दाबीसंग ‘असहमत’ छ र मामिलालाई ‘हामी पछि’ राख्ने तय गरिरहेको छ। कम्पनीले अमेजन किडस् सीओपीपीएलाई ध्यानमा राखेर डिजाइन गरिएको र अभिभावकहरूसँग वेबमा रेकर्डिङ र ट्रान्सक्रिप्टहरू मेटाउने सजिलो तरिकाहरू उपलब्ध रहेको बताएको छ।

अमेजनसँग बालबालिकाको डाटा वर्षैसम्म रहने चिन्तालाई सम्बोधन गर्दै कम्पनीले कम्तिमा १८ महिनादेखि प्रयोगमा नआएको बाल प्रोफाइल मेटाउने बताएको छ।

अमेजनले मे २०१९ मा अलेक्सा प्रयोग गरेरे आवाजको इतिहास मेटाउन सम्भव बनाएको थियो। तर यसलाई पूर्वनिर्धारित रूपमा इनएवल गरिएको थिएन। सोही वर्षको अगस्टमा कम्पनीले ट्रान्सक्रिप्टहरूका लागि मानवीय समीक्षाहरूबाट अप्ट आउट गर्ने विकल्प पनि दिएको हो।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार