भारत र नेपालबीच क्रस बोर्डर डिजिटल भुक्तानीको लागि सहमति

Technology Khabar १८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

नेपाल र भारतबीच दुबै देशमा क्रस बोर्डर भुक्तानी सेवा संचालन गर्ने सहमति भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बिहिबार एक कार्यक्रमका बीच सो सहमती भएको हो।

नेपालको तर्फबाट नेपाल क्लियरिङ्ग हाउस नेपालका निलेश प्रधान र भारतका तर्फबाट एनपीआईएल रितेश शुक्लाले सहमति पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका छन्।

प्रधानमन्त्री दाहालले सहमति भएको क्रस बोर्ड भुक्तानी आवश्यक रहेको र यसले आगामी दिनमा तिर्थयात्री विद्यार्थी लगायतलाई सहज हुने अपेक्षा गरेको बताए।

यसका साथै भारतीय प्रधानमन्त्री मोदीले क्रस बोर्ड डिजिटल पेमेन्ट सहमतिको समर्थन गर्दै यसले भारतमा उपचारका लागि जाने लाखौं बिरामी, विद्यार्थीसहित तिर्थयात्रीहरुलाई समेत लाभ हुने बताए।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया