भारतमा मोबाइल फोन उत्पादन गर्न शाओमी र डिक्सन टेक्नोलोजीबीच साझेदारी

  • Technology Khabar | १८ जेष्ठ २०८०, बिहीबार
भारतमा मोबाइल फोन उत्पादन गर्न शाओमी र डिक्सन टेक्नोलोजीबीच साझेदारी

काठमाडौं ।

स्मार्टफोन कम्पनी शाओमीले फोन बनाउन र निर्यात गर्न डिक्सन टेक्नोलोजी (इन्डिया) लिमिटेडसँग साझेदारी गरेको छ।

आईटी मन्त्री राजीव चन्द्रशेखरले डिक्सनले शाओमीको स्मार्टफोनहरु एसेम्बर र निर्यात गर्ने योजना बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको लाइभमिन्टले उल्लेख गरेको छ। रिपोर्ट अनुसार साझेदारहरूले कम्पोनेन्ट निर्माणको पनि अन्वेषण गर्नेछन्।

कुनै समय शाओमी भारतीय स्मार्टफोन बजारको अग्रणी कम्पनी थियो। उच्च नियामक छानबि र कडा प्रतिस्पर्धाबीच कम्पनीको प्रभाव कम भएको थियो।

शाओमी लगायत चिनियाँ कम्पनीहरु माथि भारतीय राज्य एजेन्सीहरुको छापा पछि नयाँ दिल्लीको साथ प्राप्त गर्न कम्पनीले स्थानीय साझेदारहरुसँग मिलेर उत्पादन अघि बढाउन खोजेको देखिन्छ। शाओमी इन्डियाले इलेक्ट्रोनिक्स निर्माता अप्टिमससँग साझेदारी गरेर भारतमा वायरलेस अडियो उत्पादनहरू बनाउन सुरु गर्ने योजना सार्वजनिक गरेपछि यो समाचार आएको हो।

यो घोषणा पछि डिक्सनको सेयर ४ प्रतिशतले बढेको छ।

भारतले विश्वव्यापी इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलामा पावरहाउस बन्ने प्रयासको रूपमा स्थानीय उत्पादनमा थप लगानी गर्न विश्वव्यापी कम्पनीहरूलाई प्रोत्साहन दिइरहेको छ।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...