Technology Khabar १८ जेष्ठ २०८०, बिहीबार
काठमाडौं ।
स्विडेनी अटोमोटिभ जायन्ट भोल्भोले ७ जुनमा विश्वव्यापी रुपमा आफ्नो सानो इलेक्ट्रिक एसयूभी ईएक्स३० सार्वजनिक गर्ने भएको छ। कम्पनीको आधिकारिक वेबसाइट र यूट्युब च्यानलमा भोल्भो ईएक्स३० टिच गरेको छ। जसमा ग्लोबल लन्च मितिको जानकारी दिइएको एरिनाईभीले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार ईएक्स३० ग्रिनेस्ट इलेक्ट्रिक एसयूभी हुनेछ।
भोल्भो ईएक्स३० डिजाइन
कम्पनीले भोल्भो ईएक्स३० को एक छोटो भिडियो मार्फत टिज गरिएको छ। टिजरका अनुसार भोल्भोले यसमा सिग्नेचर थोसको ह्यामर एलईडी हेडलाइट्स र स्लीक फ्रन्ट प्रोफाइल विथ भर्टिकल ओरिएन्टेड एलईडी टेललाइट्स देख्न सकिन्छ। यद्यपि टिचरमा एसयूभीका डिजाइनको सम्बन्धमा धेरै जानकारी जानकारी बाहिर ल्याएको छैन।
रेञ्ज ४८० किलोमिटर
रिपोर्टका अनुसार कम्पनीले आफ्नो कम्प्याक्ट इलेक्ट्रिक एसयूभीलाई दुई अलग ब्याट्री विकल्पमा उपलब्ध गराउन सक्छ। एन्ट्री लेभल मोडलमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र हाई एण्ड भेरियन्टमा शक्तिशाली ६९ किलोवाट आवरको ब्याट्री प्याक दिइने सम्भावना छ। हाई एण्ड भेरियन्ट एसयूभीले फुल चार्जमा ४८० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ।
५ सिटर क्याबिन
रिपोर्टका अनुसार कम्पनीले भोल्भो ईएक्स३० ईभीमा ५ सिटर प्रिमियम क्याबिन दिनेछ। यसमा डुअल टोन ड्शबोर्ड, भेन्टिलेटेड फ्रन्ट सिट्स, रियर एसी भेन्टका साथै मल्टी जोन क्लाइमेट कन्ट्रोल र एक मल्टिफक्शनल स्टेयरिङ ह्वील हुनेछ। यसका साथै ड्राइभर र प्यासेन्जरको सुरक्षाका लागि एयरब्याक र एआईमा आधारित एडभान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम (एडीएएस) पनि उपलब्ध हुनेछ।
प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार